
पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड २०७९ को रौनक बढ्दै गएको छ । अवार्ड अन्तरगतका चार विधाको मनोनयन सार्वजनिक भएपछि अवार्ड प्रतिको रौनकता थप बढेको हो । मञ्चले अवार्डको तयारीलाई थप तिव्रता समेत दिएको छ ।
मनोनयनमा सार्वजनिक भएका विधा मध्ये उदीयमान तर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । यो विधा तर्फको मनोनयनमा गण्डकी प्रदेशबाट राष्ट्रिय टिममा मात्रै नभई अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु मनोनयनमा परेका छन् । मनोनयनमा पर्ने खेलाडीहरु फुटबलका सुमित श्रेष्ठ, क्रीकेटका सुवास भण्डारी र भलिबलका रवि केसी रहेका छन् ।
रवि केसी – भलिबल
नेपाली भलिबलमा चम्किएको नाम हो गण्डकी प्रदेश । पुरुष भलिबलमा चम्किएको गण्डकीले पछिल्ला केही वर्ष यता पुनः नेपाली भलिबलमा हैकम जमाइरहेको छ ।
तिनै गण्डकी टिमका खेलाडी मध्ये एक हुन रवि केसी । गण्डकीको भलिबलमा उदाउदा खेलाडी हुन रवि केसी मोफसलमा चलेकै नाम हो ।
२०५७ सालमा बागलुङ गलकोट नगरपालिका ७ मा जन्मिएका रवि स्थानीय खेलहरु खेल्दै प्रदेश हुँदै यु २३ को राष्ट्रिय टिमबाट खेलिरहेका छन । स्पाइकर रविले २०७८ सालमा पहिलो पटक डेब्यु गरे । दोस्रो संस्करणको टाइगरकप आमन्त्रित महिला÷ पुरुष भलिबलबाट गण्डकीमा आफुलाई डेब्यु गराएका उनी छोटो समयमै राष्ट्रिय टिममा पनि परे । २०७९ मा यु २३ राष्ट्रिय टिममा परे । उनको खेल कौशलकै कारण नेपाल यु २३ राष्ट्रिय टिममा उनी पर्न सफल भए ।
बंलादेशमा भएको बगबन्धु एसियन सेन्ट्रलजोन भलिबल च्याम्पियनसिप उनको पहिको अन्तर्राष्ट्रिय खेल हो । रवि बागलुङको टिम क्याप्टेन समेत हुन । २३ वर्षीय केसी तेस्रो संस्करणको टाइगरकप सर्वोत्कृष्ट खेलाडी हुन । तेस्रो संस्करणको टाइगरकपसंगै, लामाचौर कप, गण्डकी प्रदेश मुख्य मन्त्रीकप विजेता समेत हुन । टाइगरकप र मुख्यमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी समेत रहेका रवि नेपालका लागि उत्कृष्ट खेलाडी बन्न सक्छन ।
सुमित श्रेष्ठ – फुटबल
पोखराका सुमित श्रेष्ठ फुटबलमा अहिले उदाइरहेका खेलाडी हुन् । नेपालकै चर्चित ए डिभिजन क्लब मनाङ मस्र्याङदीबाट व्यवसायीक फुटबल खेल्दै आएका उनी मिड फिल्डर हुन् । तर उनी डिफेन्डरदेखी स्ट्राइकर सम्म बन्ने खुबी राख्छन् । अर्थात फुटबलमा दुर्लभै मानिने अलराउन्डर मध्येमै उनी पर्छन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको फुटबल यात्राले उनलाई अहिले राष्ट्रिय टिममा पु¥याएको छ । विशेषगरी एन्फाले आयोजना गरेको राष्ट्रिय फुटसल लिगबाट उनी चर्चामा आए । पोखरामै सम्पन्न फुटसल लिगमा समेत उनी उदीयमान खेलाडी घोषित भए । हाल राष्ट्रिय सिनियर टिमबाट खेलिरहेका उनले थ्रिनेसन्स कपमा स्वर्ण समेत हात पार्न सफल भए । स्पोट्र्स क्यासलबाट खेलेका उनी फुटसलकै राष्ट्रिय टिममा परे । सन् २०२२ अप्रिल १ देखी २१ सम्म किर्गिस्तानमा भएको एफसी एसियन कप छनोटमा पहिलो पटक अन्तर्राष्ट्रिय डेब्यु गरे । उक्त प्रतियोगितामा उनले एक गोल समेत गरेका थिए ।
२०२२ मै फुटसलबाटै फुटबलमा आएका उनी पहिलो पटक यु–२० राष्ट्रिय टिममा पर्दै साफ यु–२० च्याम्पियनसिप समेत खेले । भारतमा भएको खेलमा उनले एक गोल असिस्ट गरेका थिए । लगत्तै २०२२ मै वहराइनमा यु–२० एसिएन कप छनोट खेल्न समेत पुगेका थिए । सुमितले थ्रिनेसन्स कपमा स्वर्ण, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य, पदक हासिल गरे । उनले २०२० देखी २०२२ सम्म बासँबारी क्लबबाट दुई संस्करण वि डिभिजन लिग समेत खेले ।
सुवास भण्डारी – क्रिकेट
बागलुङका सुवास भण्डारी उमेरले १९ वर्ष पुगे । नेपाली राष्ट्रिय यु १९ का पहिलो रोजाइका अलराउन्डर भण्डारी गण्डकी यु १९ का टिम कप्तान पनि हुन् । नेपाललाई यु १९ विश्वकप छनोटमा पुर्याउन उनको ठूलो योगदान रह्यो । नेपालले क्रीकेटको यु १९ विश्वकप खेल्दैछ । यस अघि विश्वकप छनोटका लागि पाँच खेल खेले । पाँच खेलमा उनले कुल ७ विकेट लिए । चार खेलमा उनले विकेट लिएका हुन् । सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट लिए । हङकङ विरुद्धको खेलमा १० ओभरमा १० रन खर्चेर २ विकेट लिए । मलेसिया विरुद्धको खेलमा ९ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।
भण्डारी बागलुङमा जन्मिएपनि खेलथलो भने कास्की हो । कास्कीमा नै रहने क्रीकेट सुरु गरिरहेका उनी गण्डकीका मुख्य खेलाडी मध्येकै एक हुन् । राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए । उनले विकेटमात्र होइन ६ खेलमा १२४ रन बनाएका थिए ।
प्रदेश छनोट पश्चात उनी सुरुवाती २८ मा पर्न सफल भए । उक्त क्याम्पमा ५ खेलमा १५ विकेट लिदाँ कुल १२० रनसमेत बनाए । २८ पछि अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए ।
यही वैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा वर्ष उदीयमान खेलाडी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।