गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड बैशाख ११ र १२ गते

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख ११ र १२ गते पोखरामा हुने भएको छ ।

प्रदेश खेलकुद परिषदको आयोजनामा हुने उक्त प्रतियोगिताको लागि प्रारम्भिक चरणको तयारी सुरु गरिएको परिषदले जनाएको हो । आगामी वैशाख १५ र १६ गते हुने केन्द्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि अन्तिम खेलाडी समेत छनौट गरिने भएको छ ।

पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट जिल्लास्तरिय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा विभिन्न ६ खेलका खेलाडीहरु सहभागिता जनाउने छन् ।

केन्द्रिय राष्ट्रपति रनिङ शिल्डका लागि एक दिने बन्द प्रशिक्षण समेत राखिएको प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close