बलियो नेपाल कप क्रिकेट : लुम्विनीद्वारा पोखरा पराजित, कर्णालीको दोश्रो जित

पोखरा स्पोर्टस । बलियो नेपाल यू–१९ कप टि–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा क्रिकेट एकेडेमी लुम्विनीको स्टार क्रिकेट एकेडेमी संग पराजित भएको छ भने एक अर्को खेलमा कर्णाली एकेडमीले लगातार दोश्रो जित निकालेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा पोखरा, स्टार क्रिकेट संग २५ रनले पराजित भएको हो । स्टारले १९.१ ओभरमा ४ विकेटको नोक्सानीमा ९१ रन जोडेको थियो । ९२ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटियो । स्टारका लागि विशाल भुसालले १८, सुमित पराजुलीले १६ र महेश भलले ११ रन जोडे । पोखराका लागि प्रदिप अर्यालले १४ रन खर्चिएर ३ र नितेश गिरी र सिव्रिन श्रेष्ठले समान २–२ विकेट लिए ।

प्रतियोगिताको पहिलो दिन जनकपुरलाई जितेर मैदानमा उत्रिएको पोखरालाई सस्तैमा रोक्न ६ रन खर्चिएर ३ विकेट हात पारे । उनी म्यान अफ दि म्याच समेत घोषित भए । उनी संगै सन्तोष महेश भारले समान २–२ विकेट लिए । खेलमा पोखराका कुनै पनि व्याटरले दोहोरो रन जोड्न सकेनन् । पोखराका लागि रोहित चन्दले २० बलमा ९ रन जोडेका थिए ।

यता कर्णालीले दोश्रो दिन पनि आफ्नो विजयी यात्रालाई जारी राखेको छ । कर्णालीले इलाम विरुद्ध ३२ रनको जित निकालेको छ । खराव मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा टस जितेर व्याटिङ रोजेको कर्णालीका लागि विराट भण्डारीको ३८ बलमा ६२ रनको पालीले १२२ रन जोडेको थियो । यस्तै अर्का व्याटर मनिष थापाले ३१ बलमा ३५ रन बनाए । इलामका लागि सुयोग भट्टराई, दिपु कमार भुजेल र अलिश मण्डलले समान १–१ विकेट लिए ।

यता १२३ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको इलाम ६ विकेटको क्षतीमा ९० रन मात्रै बनाउन सक्यो । इलामका लागि दिपु कुमार भुजेलले ३५, अलिश मण्डलले २० र सुदिप पौडेलले १६ रनको योगदान दिए । कर्णालीका अदित्य शाहले ९ रन दिएर सर्वाधिक ४ विकेट झारे । खेलमा कर्णालीका विराट भण्डारी म्यान अफ दि म्याचको पुरस्कार नगद २ हजार ५ सय हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close