
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले नियुक्त गरेका विभिन्न ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई सामाजिक विकास मन्त्री पञ्चराम गुरुङले सोमबार मनोनयन पत्र प्रदान गरेका छन् ।

मन्त्री गुरुङले एक कार्यक्रमका विच उनीहरुलाई मनोनयन पत्र प्रदान गरेका हुन् । प्रदेश सरकारले प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ११ को उपनियम (१) ग बमोजिम उनीहरुलाई नियुक्त गरेको हो । उनीहरुको कार्यकाल ४ वर्षका लागि हुने छ ।
पूर्ववती सरकारले जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई गत २०७८ बैशाखमा बर्खास्त गरेको थियो । तर वर्खास्तगीको विरोध गर्दै विकास समितिका अध्यक्षहरुले उच्च अदालत पोखरामा रिट दायर गरे संगै अध्यक्षहरुलाई वर्खास्त नगर्न अदालतले आदेश जारी गरेको थियो । तर जिल्ला खेलकुदहरुमा भने अन्य पदाधिकारीहरु रिक्त रहेका थिए ।
प्रदेश सरकारले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रिक्त रहेको जिल्लामा अध्यक्ष सहित पदाधिकारी र अन्य ९ जिल्लामा रिक्त पदाधिकारीहरु मनोनयन गरेको छ ।
जस अनुसार कास्की जिल्ला खेलकुदको उपाध्यक्षमा बिजय बहादुर भण्डारी, सचिवमा कञ्चन थापा कोइराला र कोषाध्यक्षमा अभिशेक थापा रहेका छन् । तिनै जना विभिन्न खेलकुद संग सम्वन्धित छन् ।
यसै गरी रिक्त मुस्ताङ जिल्लाको अध्यक्षमा अजित थकाली, उपाध्यक्षमा सुरज मल्ल, सचिवमा सञ्जिव गुरुङ र कोषाध्यक्षमा कल्पना ज्वारचन रहेका छन् । नवलपुर उपाध्यक्षमा सरोज सिंह केसी, सचिवमा गिरीराज गौतम र कोषाध्यक्षमा सविता गुरुङ रहेका छन् । तनहुँको उपाध्यक्षमा सिता थापा क्षेत्री, सचिवमा राजु गोतामे र कोषाध्यक्षमा रमेश आचार्य रहेका छन् ।
त्यसै गरी गोर्खाको उपाध्यक्षमा अविनाश कोइराला, सचिवमा राजन श्रेष्ठ र सचिवमा विमला श्रेष्ठ, लमजुङको उपाध्यक्षमा पार्वती वाग्ले पौडेल, सचिवमा सचिवमा विष्णु बहादुर खड्का र कोषाध्यक्षमा, प्रल्हाद बोहरा, स्याङजाको उपाध्यक्षमा रामकाजी गुरुङ, सचिवमा रतन बहादुर गुरुङ र कोषाध्यक्षमा पूर्ण कुमारी गुरुङ, पर्वतको उपाध्यक्षमा सम्झना पौडेल सुवेदी, सचिवमा राजन लामिछाने र कोषाध्यक्षमा भिम बहादुर गुरुङ रहेका छन् ।
यसै गरी म्याग्दीको उपाध्यक्षमा मिना कुमारी सापकोटा, सचिवमा योगेन्द्रमान शेरचन र सचिवमा विकास कुंवर, बागलुङको उपाध्यक्षमा समिक्षा बुढाथोकी थापा, सचिवमा साजन राज पाण्डे र कोषाध्यक्षमा नविन केसी रहेका छन् ।
