नेपाली प्याराग्लाइडिङ टोली भारत प्रस्थान

पोखरा स्पोर्टस । नेपाली प्याराग्लाइडिङ टोली एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन भारततर्फ प्रस्थान गरेको छ ।

भारतको हिमाञ्चल प्रदेशमा यहि अप्रिल ५ तारिख बाट सुरु हुने एक्यरेसी प्याराग्लाइडिङ प्रि वर्ल्ड कपमा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा १२ जना खेलाडीहरुले सहभागिता जनाउने भएको एसियाली पदकधारी खेलाडी विजय गौतमले जनाएका छन् ।

नेपालका तर्फबाट २ महिला र १० पुरुष खेलाडीहरुले सहभागिता जनाउन जानु अघि पोखरा स्पोर्टस संग कुरा गर्दै खेलाडी बिजयले प्रतियोगिताले खेलाडीहरुको क्षमतालाई अभिवृद्धि गर्ने संगै अन्तर्राष्ट्रिय सम्वन्धको विकासका लागि समेत सहज हुने बताए ।

प्रतियोगितामा विजय गौतम सहित सुरेन गुरुङ, विजय चौलागाई, विशाल थापा, सविन थापा, अमन थापा, उत्सव थापा, युकेश गुरुङ, अन्जन गुरुङ र तोरण गुरुङ रहेका छन् भने महिलातर्फ रिता श्रेष्ठ थापा र विद्या राई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close