प्रदेश सरकारद्वारा रिक्त जिल्ला खेलकुद विकास समितिका पदाधिकारी नियुक्त

पोखरा स्पोर्टस । प्रदेश सरकार गण्डकीले रिक्त विभिन्न जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुको नियुक्ती गरेको छ । पूर्ववर्ती सरकारद्वारा हटाइए पछि रिक्त  पदमा जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुलाई पुनः नयाँ नियुक्त गरेको हो ।

प्रदेशका ११ वटै जिल्ला मध्ये ९ जिल्लाका अध्यक्षहरुलाई यथावत राख्दै पदाधिकारीहरु भने नयाँ नियुक्ती गरेको छ । प्रदेश सरकारले रिक्त रहेको मुस्ताङ जिल्लाको अध्यक्षमा अजित थकालीलाई नियुक्त गरेको छ भने विभिन्न ११ जिल्लाका पदाधिकारीहरुलाई समेत आगामी चार वर्षका लागि नियुक्त गरेको जनाएको छ ।

यस अघि पूर्ववती सरकारले जिल्ला खेलकुदका अध्यक्ष सहित सबैलाई वर्खास्त गरेको थियो । बर्खास्ती भए संगै जिल्ला अध्यक्षहरुले उच्च अदालत पोखरामा मुद्धा दर्ता गरे संगै उनीहरुलाई यथावत पदमा बहाल गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close