बक्सिङ्गको राष्ट्रिय निर्णायक कोर्ष सुरु

पोखरा स्पोर्टस । बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्ष मंगलबारदेखि सुरु भएको छ । २६ जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले कोर्षको उदघाटन गर्दैै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्नका लागि प्राविधिक जनशक्तिको नितान्त आवश्यकता रहेको कुरा औल्याउदै खेलाडीहरु तथा प्राविधिकहरुको स्तरबृद्धिका लागि यस्ता प्रशिक्षणहरु निरन्तर रुपमा आयोजना गर्नु पर्नेमा जोड दिएका छन् । उनले यस कोर्षबाट अन्तर्राष्ट्रियस्तरमा समेत सहभागी भई निर्णायकको भूमिकामा सहभागिता भएको हेर्ने चाहना व्यक्त गरे ।

उक्त प्रशिक्षणलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आईटिओ) तथा केन्द्रीय सदस्य पुष्करराज पन्तले सन्चालन गर्ने छन् भने सहायक प्रशिक्षकमा केन्द्रीय महासचिव सविन भट्टाचार्य तथा आईवा टु स्टार रेफ्री जज धनकुमार मैनाली रहेका छन् ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको सभापतित्वमा भएको उक्त प्रशिक्षणमा संघका महासचिव सविन भट्टाचार्यले अनुशासित भएर संघले प्रदान गरेको यस अवसरलाई ग्रहण गर्न अनुरोध गरे । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष राजीव श्रेष्ठले सघको उक्त कार्यको प्रशंशा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close