पोखरामा हुने एसियन ट्राईयाथलनको तयारी अन्तिम चरणमा

पोखरा स्पोर्टस । नेपाल ट्राईयाथलन संघको आयोजनामा पोखरामा हुने एसियन ट्राईयाथलन कप २०२३ तथा दक्षिण एसियन च्याम्पियनसिप अन्तिम चरणमा पुगेको छ ।

ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणिय र पर्यटकिय नगरी पोरखामा ट्राईयाथलन र दुवाथलन गरि दुई विधा ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौडको ट्राईयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुवाथलन हुने भएको हो ।

४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला/पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गर्नेछन् । यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेकिस्तान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १९ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन १८ गते ट्राइयाथलन र दोश्रो दिन १९ गते दुवाथलनको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका लागि नेपाली खेलाडीहरु पोखरा पुगिसकेका छन् भने प्रतियोगिता तयारीका लागि केहि प्राविधिकहरु पोखरा आइपुगेका छन् । उक्त प्रतियोगिता अन्तर्गत राष्ट्रियस्तरको प्रतियोगितालाई समावेश गरिएको संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जनाएका छन् ।

प्रतियोगिताको अफिसियल होटलमा माउन्ट कैलाश रिर्सोट, सेक्रेटरियट होटल ग्लोरी गार्डन तथा ट्राभल पार्टनरमा फेयर वे ट्राभल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close