कास्की तेक्वान्दो संघको साधारण सभा सम्पन्न

पोखरा स्पोर्टस । कास्की जिल्ला तेक्वान्दो संघको १३ वार्षिक साधारण सभा मंगलबार पोखरामा सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा आफ्ना भनाई राख्दै उपाध्यक्ष गुरुङले देश र प्रदेशको सान उच्च बनाई राख्ने तेक्वान्दो खेलको विकासका संगै खेलाडी उत्पादनमा जोड दिन आग्रह गरे । उनले खेलकुद विकास ऐनको परिधि भित्र रहि स्थानियस्तरमा समेत संघहरु गठन गर्न वार्षिक योजनाका साथ संघको गतिविधिलाई अघि बढाउनु पर्नेमा जोड दिए ।

खेलकुद जित र पराजयको लागि मात्रै नभई समाज रुपान्तरणको महत्वपूर्ण माध्यम रहेको जनाउँदै उपाध्यक्ष गुरुङले आर्थिक उन्नती संगै मुलुकको पर्यटन प्रवर्द्धनमा समेत खेलकुदको भूमिका अहम रहेको उल्लेख गरे । उनले भने–“खेलकुद नेतृत्व विकासका लागि समेत खेल संघहरुको भूमिका अहम छ । आगामी दिनमा समेत यस तर्फ अघि बढ्न म सबैलाई आग्रह गर्दछु ।”

सो अवसरमा बोलदै तेक्वान्दोका केन्द्रिय सदस्य मदन केसीले सबैलाई समेटेर अघि बढन र धेरै भन्दा धेरै प्रतियोगिता आयोजना गर्न सके खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउँदै स्रोत साधनका कमिका वावजुद कास्की तेक्वान्दोले खेलको विकासका लागि गरेका गतिविधि महत्वपूर्ण रहेको भन्दै प्रशंसा समेत गरे । आगामी दिनमा आवश्यकता अनुसार तेक्वान्दो खेलको विकासका लागि सहयोग गर्न आफू तयार रहेको जनाउँदै सबैलाई सहकार्य गर्न समेत उनले आग्रह गरे ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले कास्की तेक्वान्दो संघ स्थापना काल देखिनै उत्कृष्ट संघको रुपमा रहि आएको उल्लेख गर्दै आगमी दिनमा अझै सक्रियता साथ खेलाडी उत्पादनमा लाग्न र आफ्नो उत्कृष्टता कायम राख्न आग्रह गरे ।

संघका सल्लाहकार रत्नमान गुरुङले मुलुकको राजनितिक अवस्था संगै खेलकुदमा समेत अस्थिरता आएको कुरा औंल्याउँदै यसका कारण खेलकुद संघहरुमा समेत चुनौती थपिएको बताए । उनले खेलकोस्तर अघि बढाउन सबैको सहकार्य आवश्यक रहने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै ओलम्पियन नारायण गुरुङले कास्की तेक्वान्दो इतिहास ४० दशक यता महत्वपूर्ण रहेको जनाउँदै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुको आयोजनाले नै देश विकासको मापदण्ड समेत तय हुने बताए ।

सो अवसरमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँले परिणाममुखी नतिजाबाटै राष्ट्रिय अर्थतन्त्रमा समेत प्रभावकारी भूमिका रहने बताउँदै खेलकुदमा लामो समय देखि रहेका विकृती विंसगतीहरु समाप्त पार्न सवैको सहकार्य आवश्य रहने औंल्याए ।

कास्की तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको सभामा प्रेस क्लव गण्डकीका अध्यक्ष एकराज गिरी, कास्की तेक्वान्दोका उपाध्यक्ष कुलचन्द्र शर्माले आफ्ना भनाई राखेका थिए भने  सचिव दिपेन्द्र पहारी र कोषाध्यक्ष किरण गौतमको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सो अवसरमा अध्यक्ष गुरुङले कास्की तेक्वान्दोले अव चाँडैनै पोखरा रंगशालामा तेक्वान्दो प्रशिक्षण हलको निर्माण कार्य सुरु गर्ने बताउँदै प्रशिक्षणका लागि आधुनिक खेल सामाग्रीको आवश्यक्ता बढेकोले सहयोगका लागि सबै संग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close