खोई खेलाडीको पुरस्कार….? आश्वासन मात्रै, एक वर्ष सम्म पाएनन् पुरस्कार

पोखरा स्पोर्टस । ठिक आजकै दिन गण्डकी प्रदेश सरकारले घोषणा गर्‍यो । कैलालीको धनगढीमा सम्पन्न ‘मुख्यमन्त्री कप अन्डर–१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको थियो । जितको खुसी संगै गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले नगद ५० हजारसहित सम्मान गर्ने घोषणा । त्यो पनि खेलाडीलाई संगै राखेर अर्थ मन्त्रालयको सभा कक्षमा । तर त्यो घोषणा घोषणामा नै सिमित भयो । 

तत्कालिन गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जिवन र आन्तरिक मामिलामन्त्री डोबोटे विश्वकर्माले संयुक्त रूपमा खेलाडीहरूलाई सम्मान गरे । त्यही कार्यक्रममा मन्त्री बरालले नगद ५०–५० हजार प्रदान गर्ने घोषणा गरे । तर एक वर्ष विति सक्दा पनि न खेलाडी घोषित रकम पाउन सकेका छैनन् । त्यस्तै पिडा पोख्दै सामाजिक सञ्जालमा स्याङजा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले ध्यानकर्षण गराएका छन् ।

उनले लेखेका छन्–“गण्डकी प्रदेशले अन्डर–१९ क्रिकेट खेलमा ऐतिहासिक सफलता पाउँदा खेलाडीहरुलाई सम्मान गर्दै हौसला र प्रोत्साहनका लागि तोकिएको पुरस्कार हाल सम्मनि गण्डकी प्रदेश सरकार बाट केहि प्रकृिया अगाडी नबढेकाले क्रिकेट खेलबाट पनि महिलाहरुलाइ केहि हुन सक्ने भन्ने जुन आशा थियो त्यो भनाइमा मात्रै समित रहेको देखिएको छ। जस्ले गर्दा महिला खेलाडीहरु प्रोत्साहित भन्दानि निरुत्साहित हुदैँ छन् । खेलेर नि केहि नहुने सोचले पलायन हुने सम्भावना बढ्दै गएकोले सम्बन्धित निकाय तथा सरोकारवालाहरुलाई ध्यानाकर्षण गर्दै सकेसम्म यस विषयलाई समाधान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।”

गण्डकी प्रदेश यु–१९ महिला क्रिकेट टोलीमा मनिषा उपाध्याय (कप्तान), अञ्जली विश्वकर्मा (उपकप्तान), सिमाना केसी, ज्योत्सनिका मरासिनी, शोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जिटी, सेरिना थापा मगर, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेम ल्याम्बु शेर्पा र प्रिती पराजुली रहेका थिए । उक्त टोलीको टोली प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टोली व्यवस्थापकमा एलिशा लामिछाने रहेका थिए ।

खेलाडीहरु सरकारका पटक–पटकका आश्वासनबाट पिडित बनेका छन् । घोषणा गरेको रकम समयमा नपाउँदा उनीहरु पलायन तर्फ उन्मुख छन् । राष्ट्रिय अभिवृद्धि बढाउने खेलकुद क्षेत्रलाई राजयले गर्ने व्यवहारले खेलाडी पिडित मात्रै होइन अभिभावकलगायत खेलप्रेमीहरु समेत खल्लो अनुभव महशुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close