सातौं पोखरा स्पोर्ट्स अवार्ड : विभिन्न उपसमिति गठन

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको भेलाले ‘सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मुल आयोजक समितिको संयोजकको जिम्मेवारी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्ष दीननाथ बराललाई तोकेको छ ।

स्पोर्टस अवार्डलाई विवाद रहित बनाउन यस पटक विद्यागत इभेन्टहरुमा छनोट हुने खेलाडी तथा प्रशिक्षकहरुको छनोटलाई अति गोप्य बनाउन बनाउन खोजिएको छ । खेलकुद पत्रकार मञ्चले विगतमा खेलाडी छनोटमा देखिएका समस्याहरु दोहोरिन नदिन यस पटक छनोट समितिको नाम सार्वजनिक गरेन ।

शनिबार पोखरामा भएका मञ्चका सदस्यहरुको भेलाले बराललाई संयोजक तोकेको हो । सोही भेलाले मञ्चका महासचिव राजाराम पौडेललाई मुल आयोजक समितिको सह–संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिको संयोजक समेत भेलाले चयन गरेको छ ।

जस अनुसार मुल्याकंन तथा अनुगमन उपसमिति संयोजकमा मञ्च कास्कीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजकमा मञ्चका नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष केशव पाठक, अतिथि सत्कार उपसमिति संयोजकमा मञ्चका निर्वतमान अध्यक्ष एकराज गिरी, संघ संस्था समन्वय उपसमिति संयोजकमा मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, प्रचार प्रसार तथा सांस्कृतिक उपसमिति संयोजकमा मञ्चका महासचिव राजाराम पौडेल, स्वमसेवक परिचालन तथा निमन्त्रणा व्यवस्थापन उपसमिति संयोजकमा मञ्चका सचिव शशी कुमार पौडेल, आर्थिक संकलन उपसमिति संयोजकमा मञ्चका कोषाध्यक्ष कविता घर्ती मगर, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा मञ्चका सदस्य एम बि आस्था मगर, फोटोग्राफी तथा भिडियोग्राफी उपसमिति संयोजकमा मञ्चका सदस्य उमेश पुन र क्विक रेसपोन्स उपसमिति संयोजकमा मञ्चका सदस्य राजु गिरीलाई चयन गरिएको छ ।

मुल आयोजक समितिसँगै गठन भएका उपसमितिलाई पूर्णता दिने जिम्मेवारी चयन भएका संयोजकको रहने तथा आवश्यक परेका थप उपसमिति निर्माण गरिने मञ्चले जनाएको छ ।

भेलामा अवार्ड कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा सम्पन्न गर्ने भन्नेबारेमा सहभागीले सुझाब समेत दिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको अवार्ड कार्यक्रमको निरन्तरतासँगै यसको गरिमालाई थप उचाइमा पु¥याउन गर्नुपनमा उनीहरुको जोड थियो । उनीहरुबाट आएका महत्वपूर्ण सुझाबलाई ध्यान दिँदै अवार्ड कार्यक्रमलाई भव्य बनाउने उनले खुलाए ।

सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close