
पोखरा स्पोर्टस । फुटबलका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक डम्बरसिं गुरुङको असामयिक निधनले सहारा क्लब पोखरा स्तब्ध भएको जनाएको छ ।
सहाराले बिहिबार एक शोक विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो । उनको बुधबार उपचारको क्रममा निधन भएको थियो । गुरुङको निधनले पोखराको खेलजगतमा अपुरणीय क्षति पुगेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।
पोखरा ३, नदीपुर निवासी ७१ वर्षीय गुरुङले सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीमा सुरुआती ६ वर्ष सम्म निःशुल्क रुपमा प्रशिक्षक भई सहयोग गरेका थिए । उनको सो कार्यलाई कहिल्यै विर्सन नसिकिने बताउँदै शोकको यस दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।
स्वर्गिय गुरुङले ब्रिटिस आर्मीमा कार्यरत हुँदै राष्ट्रिय खेलकुद परिषदको बिशेष अनुरोधमा नेपालको राष्टिय फुटबल टिमबाट सन् १९७४ मा यु–१९ को टिमबाट फुटबल खेलेका थिए । सन् १९८२ मा उनले खेलेको आरसिटी क्लब राष्ट्रिय लिगमा लिग च्याम्पियन समेत बनेका थियो ।
ब्रिटिस आर्मीबाट सेवा निवृत्त भएपछि सन् १९६६ मा नेपालको यु–१४ र यु–१६ को प्रशिक्षकको समेत जिम्मेवार सम्हालेका उनले सशस्त्र प्रहरी बलको एपिएफ टिम र त्रिभुवन आर्मी क्लबको प्रशिक्षक समेत रहे । उनको श्रीमती, १ छोरा र ३ छोरी छन् । पारिवारीक श्रोतका अनुसार उनको शनिवार पोखरामा अन्त्येष्टि गरिने भएको छ ।
र यो पनि
फुटबलका पूर्व राष्ट्रिय खेलाडी डम्बरसिं गुरुङको निधन
https://pokharasports.com/2023/03/22/41067/
