
पोखरा स्पोर्टस । आईबीए उमेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली खेलाडी अन्जनी तेलीको यात्रा क्वाटरफाइनलमा रोकिएको छ ।
आज भएको क्वाटरफाईनल खेलमा अन्जनी बेलारुसकी खेलाडीसंग पराजित भएकी हुन् । उनले उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै पनि जित हासिल गर्न सकिनन् ।
खेलमा दुई बाउट जित्दै ईतिहास बनाएकी सफल नेपालकी मुक्केबाज पाचैं वटा जजहरुले बेलारुसकी खेलाडीको पक्षमा निर्णय दिदा ०ः५ को युनानिमस डिसिजनको आधारमा उनले पराजय भोग्नु परेको हो ।
अन्जनीको पराजय संगै नेपालका सात जना मुक्केबाजहरुको वर्ल्ड उमन्स बक्सिंग च्याम्पियनशिपको खेल यात्रा सकिएको छ ।
