काभा अन्तर्राष्ट्रिय महिला भलिबलको हुने

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा नेपाल भलिबल संघले काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगिता मे २० देखि २९ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने भएको हो ।

प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन् ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको लोगो पनि सार्वजनिक गरिएको थियो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले लोगो सार्वजनिक गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले प्रतियोगिताका लागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराउँदै कभर्डहल मर्मतको सम्पूर्ण खर्च पनि राखेपले व्यवस्थापन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close