गोर्खा सेमीट्रिज ट्रष्टले ‘ट्रेल ब्लेजर नेपाल दौड’ आयोजना गर्दै

पोखरा स्पोर्टस । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ ।

उक्त दौड सुनसरीको धरान उपमहानगर पालिकामा शनिबार आयोजना हुने भएको हो । उक्त प्रतियोगितामा २७५ खेलाडीको सहभागिता रहेको संस्थाकी सचिव शान्ता मायाँ परियारले जानकारी दिएकी छन् ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने धावकलाई क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । ८.५ किमि दौडका लागि अन्तिम तयारी पुरा भएको जनाउँदै सचिव परियारले दौड धरान रत्न चोक देखि सुरु भएर वृटिश गोर्खा मेमोरियल पार्क हुँदै विष्णुपादुका सम्म हुने जानकारी दिइन ।

सो क्रममा दोस्रो विश्व युद्धमा प्रत्यक्ष रुपमा सहभागि हुने तिन जना योद्धाहरुलाई अभिनन्दन समेत गरिने सचिव परियारले जानकारी दिएकी छन् । अभिनन्दन हुने योद्धाहरुमा १०२ वर्षिय धनसिंह राई, १०१ वर्षिय धनबल लिम्वु र १०१ वर्षिय माग बहादुर लिम्वु रहेका छन् । उनीहरुलाई ताम्रपत्र, खुकुरी, टोपी र दोसल्ला द्वारा सम्मान गरिने उनले बताइन् ।

उनीहरुलाई धरान उपमहानगर पालिकाका प्रमुख हर्कराज राईले अभिनन्दन गर्ने कार्यक्रम तय भएको सचिव परियारले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close