डिएल मेथडमा यूइए विरुद्ध नेपालको जित, ग्लोबल छनोटमा नेपाल

पोखरा स्पोर्टस । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा हराउँदै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुगेको छ ।

३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतीमा २६९ रन बनाएको थियो । कम प्रकाशका कारण नेपालको भाग्य चम्किएको हो । मैदानमा कम प्रकाशका कारण अम्पाएरले खेल रोकेका थिए ।  रन रेटका कारण नेपालको जित पक्का भएको हो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टू अन्तर्गत खेलिएको प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ । 

नेपालले उक्त नियम अन्तर्गत ९ रनले यूइए विरुद्ध जित निकालेको छ । जित संगै नेपालले विश्वकपको ग्लोवल छनोट खेल्नलाई ढोका खुलेको हो । नेपालले टियू खेल मैदानमा पछिल्लो समय खेलिएका ११ खेल मध्ये १० वटामा जित हासिल गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close