आइकिडो आइकिकाई अन्तर्राष्ट्रीय सेमिनार सम्पन्न

पोखरा स्पोर्टस । चौथो आइकिडो आइकिकाई अन्तर्राष्ट्रीय सेमिनार काठमाण्डौमा सम्पन्न भएको छ ।

आइकिकाई संघ नेपालको आयोजनामा उक्त सेमीनार फागुन २६ गते देखि २८ गने सम्म सञ्चालन भएको हो । सेमीनारमा यूएई, अष्ट्रेलिया, भारत, रसिया, सिंगापुर लगायत नेपालका खेलाडीहरुको सहभागीता रहेको थियो । तीन दिने सेमिनार मा ५२ जना खेलाडीहरू लगायत अभिभावकहरुको समेतको सहभागीतामा सम्पन्न भएको जनाइएको छ ।

जापानी आत्मसुरक्षा मार्शल आर्टको सेमिनारमा जापान आइकिदो प्रधान कार्यालयका इतो माकोतों सेन्से (गुरू)ले प्रशिक्षण दिएका थिए । आईकिदो खेल हाल संसारमा १ सय ४० देशमा रहेको छ । यस खेललाई शालिनताका साथ खेलिने आत्मरक्षाको मार्शल आर्टमा लिइन्छ । हाल यो खेल काठमाण्डौ, पोखरा र तनहुँ लगायतका डोजो र विद्यालयहरूमा समेतमा आइकिकाई संघ नेपालले प्रशिक्षण दिँदै आएको छ ।

संघले बिगत १४ बर्ष देखि नेपालमा यस खेलको प्रशिक्षण दिदै आएको र यस खेलका लाई नेपालमा भित्रयाउने श्रेय यसका प्रशिक्षक तथा प्रमुख गुरु अर्जुन श्रेष्ठको भुमिका छ । सम्पन्न सेमिनारले पर्यटन प्रवर्द्धन संगै अन्तर्राष्ट्रीय भाईचारा बढाउने अवसर जुटाएको संघका सचिव श्रेष्ठले जानकारी दिए ।

पहिलो सेमिनार पोखरामा, दोस्रो र तेस्रो सेमिनार काठमाडौंमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close