
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासघको हालै सम्पन्न दोस्रो महाधिवेशनबाट कास्किका बिष्णु पुन गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एक मात्र केन्द्रिय पदाधिकारीमा निर्वाचित भएका छ्न ।
सानै उमेर देखि समाज सेवा सगै राजनीति र ब्यबसायमा होमिएका पुन नेकपा (एमाले) को महत्वपूर्ण भातृ सस्था नेपाल खेलकुद महासघको केन्द्रिय सचीव पदमा सर्बसम्मत निर्वाचित भएका हुन । सुर्य तारा क्लब पोखरा गण्डकीका अध्यक्ष समेत रहेका पुन नेपाल केन्पो खुकुरी मार्सल आर्टस सघको केन्द्रिय उप–महासचिव समेत हुन । हक्कि र निडर स्वभाबका उनि कास्किका एक जुझारु युवा नेताका साथै कुशल संगठकको रुपमा चिनिन्छ्न । उनलाई नेपाल खेलकुद महासघको सम्भावना बोकेको नेताको रुपमा हेरीएको छ ।
महाधिवेशनले कृष्ण बस्नेत (पर्शुराम)को नेतृत्वमा १७ जना पदाधिकारी चयन गरेसँगै महासंघले पूर्णता पाएको हो ।
महासंघको महाधिवेशन कोसी प्रदेशको विराटनगरमा फागुन ७ गते उद्घाटन भएको थियो । फागुन ७ मा नेकपा (एमाले) पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त कार्यक्रममा ३ दिन चलेको थियो । सोहि बीचमा महासंघका लुम्बिनी प्रदेश अर्घाखाची जिल्लाको उपसचिव प्रकाश महतको मृत्यु भएपछि महासंघले केन्द्रीय कमिटी मात्र घोषणा गरेर बाँकी पदाधिकारी चयन हुन सकेको थिएन ।
महतको शोक अवधि १३ दिनपछि मात्र बाँकी पदाधिकारीहरू चयन गर्ने गरी महासंघको इन्चार्ज गोकुल बास्कोटाको नेतृत्वमा पदाधिकारी टुङ्ग्याउने गरी थाती राखेको थियो । पदाधिकारी चयन निर्णय प्रक्रिया शुक्रबार पार्टी अध्यक्ष ओलीको प्रमुख अतिथ्यमा अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकाल, सदस्य रचना खड्का, सदस्य रमेश पौडेल लगायतको उपस्थितिमा महासंघको पदाधिकारी घोषणा गरेको हो ।
अध्यक्ष मण्डलले घोषणा गरेको महासंघ नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले सपथ ग्रहणसमेत गरेका छन् । १७५ जना केन्द्रीय कमिटी रहेका महासंघको उपाध्यक्षमा धर्म कुमार श्रेष्ठ, दिपेन्द्र प्रसाद दाहाल, निरेशलाल सिंह, तिरणराज गौतम, सन्जु महर्जन र नन्दा बस्याल चयन भएका छन् ।
महासचिवमा धरम बहादुर लामा चयन भएका छन त्यसैगरि सचिवहरू तिर्थ बहादुर खड्का, बिष्णु चन्द, बिष्णु पुन, प्रनिर अधिकारी, प्रभुनारायण शिवाकोटी, शिवजी गुप्ता, विप्लव घोष, सन्तोष बान्तवा चयन हुँदा कोषाध्यक्ष उज्वल सुवेदी चयन भएका छन ।
गण्डकी बाट प्रदीप थापा मगर, इमान थापा, सरस्वती श्रेष्ठ, शान्तासिह बस्नेत , बिकास केसि, रामचन्द्र तिमिल्सिना, सन्दीप कोइराला, सुर्य गुरुङ, सुजन आचार्य, हरिकुमारि गुरुङ र संगीता सुबेदि केन्द्रिय सदस्यमा निर्वाचित भएका छ्न भने कास्किका ऋषिराम गौतम केन्द्रिय निर्वाचन आयोगको उपप्रमुखमा निर्वाचित भएका छ्न ।
