
पोखरा स्पोर्टस । नेपाली खेलाडीहरुको छाता संस्था नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले १७ औं एनएनआइपिए अवार्डको तयारी सुरु भएको जनाएको छ ।
खेलाडीहरुलाई प्रोत्साहन संगै विभिन्न खेलका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्न उक्त कार्यक्रम आगमी चैत्र १७ गते हुने भएको संघले जनाएको हो । संघका अध्यक्ष दिपक श्रेष्ठले विज्ञप्ती मार्फत कार्यक्रमको तयारी सुरु भएको जानकारी दिंदै सफल बनाउन सबै संग आग्रह गरेका छन् ।
१७ औं एनएनआइपिए अवार्ड कार्यक्रम काठमाण्डौ उपत्यकाका विभिन्न सांस्कृतिक नगरपालिकामा हुँदै आएकोमा यस वर्ष भने काठमाण्डौ महानगर पालिकामा हुने भएको जानकारी दिंदै अध्यक्ष श्रेष्ठले गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका तथा नेपाल ओलम्पिक कमिटीबाट आधिकारिक प्राप्त सम्बन्धित २७ संघहरुले सिफरिस गरेका खेलाडीहरुलाई सम्मान गरिने जनाएका छन् ।
NNIPA SPORTS AWARD 2079 कार्यक्रममा सम्मान हुने विधाहरु पुरस्कार
१. २७ खेल मध्येका उत्कृष्ट खेलाडी पुरस्कार अवार्ड रु.१०,०००
२. उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी सम्मान पत्र सहित नगद रु.१,००,०००
३. एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी सम्मान सम्मान पत्र सहित नगद रु.५०,०००
४. एक पुरुष र एक महिलालाई उदियमान खेलाडी सम्मान सम्मान पत्र सहित नगद रु.५०,०००
५. एकजना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान पत्र सहित नगद रु.३५,०००
६. एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारीता पुरस्कार सम्मान पत्र सहित नगद रु २५,०००
७. एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान अवार्ड सहित नगद रु.१०,०००
