तेस्रो शितलज्योति कप फागुन २० गते देखि

पोखरा स्पोर्टस । शितलज्योति युुवा क्लब पोखरा १२ को आयोजनामा यहि फागुन २० गते देखि तेस्रो शितलज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले आइतबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

‘समाज निर्माणमा आजको युवा र खेलकुद’ भन्ने मुल नाराका साथ पोखराको अमरसिंह स्कुल खेल मैदानमा आयोजना हुन गईरहेको प्रतियोगिता फागुन २७ गते सम्म संचालन हुने क्लबका अध्यक्ष नर प्रसाद गुरुङले बताए । निर्वतमान अध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरि प्रतियोगिताको कार्यलाई तिर्वरुपमा अघि बढाएको अध्यक्ष गुरुङले बताए ।

यस प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५,उपविजेताले ८५ हजार ५ सय ५५ नगद सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा प्रवेश गर्ने टिमले १० हजार नगद प्राप्त गर्ने संयोजक सन्तोष गुरुङले जानकारी दिए । क्वाटरफाइनलबाट प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान साइकल प्राप्त गर्ने छ । त्यस्तै उत्कृष्ट डिफेन्डर,मिडफिल्डर,गोलकिपर,प्रशिक्षक र सर्वाधिक गोेलकर्तालाई जनही ५ ५ हजार प्रदान गरिने सो प्रत्रकार सम्मेलनमा आयोजक शितलज्योति युवा क्लबले जानकारी दिएको हो ।प्रतियोगिताको प्रथम पुरस्कार संस्थाका सल्लाहकार हरि खड्काका कान्छा छोरा स्व.किरण खड्काको स्मृतिमा उहाँ परिवार मार्फत सहयोग प्राप्त भएको र दोस्रो पुरस्कार पोखरा महानगरपालिका वडा नं.१२ को कार्यालयले सहयोग गरेको संयोजक गुरुङले बताए ।

टीम प्रवेश शुल्क ८ हजार रहेको प्रतियोगितामा ३० देखि ४० टिमले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेको छ । सो प्रतियोगितामा करिब २३ लाख खर्च हुने अनुमान गरिएको छ । भने आम्दानी पनि सोहि अनुरुप हुने बताईएको छ । “प्रतियोगितामालाई भव्य रुपमा सम्पन्न गर्नको लागि कुनै कन्जुस्याई नगर्ने तर मिल्ने र हुन सक्ने ठाउँमा खर्च कम गरि केहि रकम बचत गर्ने योजनामा छौ ।, बचत भएको रकम समाज निर्माण र खेलकुद विकासमा लगानी गछौ ।”अध्यक्ष गुरुङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close