राखेप सदस्यहरुले भेटे नवनियुक्त खेलकुद मन्त्री मियाँलाई

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यहरुले नेपाल सरकारका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री एकवाल मियाँ सँग भेटघाट गरेका छन ।

राखेपका कार्यबाहक सदस्य सचिब पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा एक टोलीले मन्त्री मियाँलाई भेट गरेका हुन । भेटका अवसरमा राखेपको टोलीले मन्त्री मियाँलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको राखेपका सदस्य गोविन्द प्रसाद भट्टराईले बताए । टोलीमा राखेपका कार्यकारी सदस्य नन्दा बस्याल, सुवाष श्रेष्ठ, रिम बहादुर रानाभाट, रेणुका श्रेष्ठ, चन्द्रा बन्दना राई, सुवर्ण केसरी श्रेष्ठ लगायत रहेका थिए ।

लामो समय देखि राखेपको बोर्ड बैठक हुन नसकेको, खेलकुद ऐन आएको ११ महिना सम्म नियमावली पास हुन नसकेको, नयाँ ऐन अनुसार सम्पतीको वाँडफाँड, कर्मचारीहरुको व्यवस्थापन, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी लगायत दर्जनौ विषयमा मन्त्री मियाँलाई अवगत गराएको सदस्य भट्टराईले पोखरा स्पोर्टसलाई जानकारी दिए । “हामीले मन्त्रीज्यूलाई राखेपमा भइरहेका सबै कुरा अवगत गराएका छौं,” उनले थपे–“उहाँले छिट्टै नै वोर्ड बैठक बसेर सबै कुरालाई टुङ्गग्याउँने हामीलाई बताउनुभएको छ ।”

राखेपका सदस्य सचिव विश्वकप फुटबल र एशियन फुटबलको छनौटका नेपाल बाहिर रहेको नेपाली फुटबल टोली सँग विदेशमा नै रहेको हुनाले कार्यबाहक सदस्य सचिवको नेतृत्वमा नवनियुक्त मन्त्रीलाई बधाई दिन राखेप टोली मन्त्रालय पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close