पोखरा म्याराथन सफल बनाउन वडा नं १३ वासीको प्रतिवद्धता

पोखरा स्पोर्टस । फागुन ६ गते पोखरा रंगशालाबाट सुरु हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाका वडावासी, टोल तथा आमा समूहका पदाधिकारीहरुसंगको छलफल जारि रहेको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेको म्याराथन १७औं संस्करणको म्याराथन हो । फागुन ६ गते बिहान पोखरा रंगशालाबाट शुरु हुने म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । म्याराथन बिहान ७ बजे शुरु भएर पोखराका विभिन्न १७ वडा पुगेर पोखरा रंगशालामा आएर समापन हुनेछ ।

म्याराथनको प्रचारात्मक अभियानका क्रममा आज पोखरा महानगरपालिका वडा नं १३ मा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष किरण वरालले आफ्नो क्षेत्र भएर दौडिएर आउने खेलाडीहरुको स्वागतको लागि आफुहरु तयारी अवश्थामा रहेको बताए । वरालले वडाका आमा समूहका सदस्यहरु, युवा तथा पदाधिकारीहरु चोक, बाटोमा भेषभुषामा सजिएर तालि बजाएर हौसला बढाउने कार्यमा सरिक हुने बताए ।

नेपाल खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष महेश पौडेलले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए । उनले सक्ने दौडमा सरिक हुन र नसक्नेहरु रन फर फनको लागि सरिक हुनसक्ने बताए । उनले आफ्नो टोलमा धावकहरु आउदा उनीहरुलाई स्वागत गर्दै हौसला बढाईदिन आग्रह गरे ।

कार्यक्रममा सहभागि वडा सदस्यहरु, टोलवासिहरुले म्याराथन अवधिभर सडकमा गाडीहरु नगुडाउन आग्रह गरे । देश विदेशका खेलाडीहरु सहभागित हुने भएकोले आफुहरु पहिचानसहितको भेषभुषामा उभिने बताए । उनीहरुले मञ्चले व्यवश्थापन गरेको पानीको वितरण तथा आफ्नो क्षेत्रको रुटमा स्फुर्तिकासाथ रहने बताए ।

प्रतियोगितामा ४२ किमि दौड, २१ किमि दौड, १० किमि दौड, ५ किमी दौड सामेल गरिएको छ । ४२ किमि दौडका विजेताले पाँच लाख पुरस्कार पाउनेछन् । दोश्रोले तीन लाख, तेश्रोले दुई लाख र चौथो हुनेले तीस हजार पाउने छन् । म्याराथन ४२ किमि गण्डकी प्रदेश स्तरीय पनि हुनेछ । यसका विजेताले ५० हजार, दोश्रोले ३० हजार र तेश्रो हुनेले २० हजार पाउनेछन् ।

हाफ म्याराथन महिलातर्फ विजेताले १ लाख ५० हजार, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार चौथो हुनेले १५ हजार पाउनेछन् । १०० किमि दृष्टिबिहिन महिला पुरुष दौडमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले रु पाँच हजार पाउनेछन् ।

यस्तै ह्वीलचेयर ४ सय मिटर पुरुष, १ सय मिटर महिलातर्फ विजेताले १० हजार, दोश्रोले ७ हजार र तेश्रो हुनेले ५ हजार पाउनेछन् । यस्तै १० किमि महिला दौडमा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रो हुनेले १५ हजार पाउनेछन् । ५ किमि छात्र/छात्रा दौडमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले रु ७ हजार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close