
पोखरा स्पोर्टस । आसन्न पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा पोखराका ८५ वर्षिय पूर्ण प्रसाद तुलाचन सहभागि हुने भएका छन् ।

यहि फागुन ६ गते शनिबार आयोजना हुने पोखरा म्याराथन अन्तर्गत उनी रन फर फनमा सहभागि हुने र ५ किमि दौड पुरा गर्ने बताएका हुन् । उनले आफू कोभिड १९ को सक्रमण फैलिएको अवस्थामा बाहेक हरेक वर्ष पोखरा म्याराथनम सहभागिता जनाउँदै आएको बताउँदै यस वर्ष पनि सहभागि हुने बताए ।
“आउनुहोस म संगै पोखरा म्याराथनमा दौडौं” तुलाचनले भने–“म्याराथन पोखराको गौरव हो । यो स्वास्थ्यका लागि पनि हो । म ९० वर्षको उमेर सम्म दौडिने हो ।” दैनिक दौडिनेहरु जहिले पनि स्वस्थ्य हुने भएको हुनाले सबै यूवाहरुलाई दौडिन आग्रह गरे ।
