हाप्किडो अन्तर्राष्ट्रिय सेमीनार तथा राष्ट्रिय च्याम्पियनसिप सुरु

पोखरा स्पोर्टस । दोस्रो अन्तर्राष्ट्रिय हाप्किडो सेमीनार तथा सातौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शनीबार काठमाण्डौमा सुरु भएको छ ।

सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । सो अवसरमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलको समेत सहभागिता रहेको थियो ।

नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेमिनारमा ली, हग्रिन्ज र मगरले प्रशिक्षण दिने छन् । सेमिनारमा नेपाल भारत, पाकिस्तान, बंगलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व रहेको छ ।

प्रतियोगितामा फाइट र सेल्फ डिफेन्स डेमोन्सट्रेसन समावेश छन् । दुई दिने प्रतियोगितामा सात वटै प्रदेशका कुल ७ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिए ।

नेपाली खेलकुदमा यतिबेला हाप्कीडो खेल चलायमान खेलको रुपमा अघि रहेको छ । हाप्कीडोले खेल संगै खेलाडीलाई शिक्षाका लागि समेत प्रभावकारी रुपमा प्रेरित गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close