
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका कराते रेफ्रिहरुलाई थप सवल तथा सक्षम बनाउन प्रदेशस्तरिय सेमीनार आयोजना हुने भएको छ ।
नवलपुरको वर्दघाटस्थित शुष्तापूर्व देवचुलीमा आयोजना हुने उक्त रेफ्रि सेमिनारमा प्रदेश भरिका ७० जनाको सहभागिता हुने जनाइएको हो । नेपाल कराते महासंघ गण्डकी प्रदेशको आयोजनामा विहिबारबाट शुरु हुने तिन दिने सेमीनारका लागि प्रदेशका ११ वटै जिल्लाका रेफ्रिहरु नवलपुर पुगेको प्रदेश रेफ्रि कमिटिका उपसंयोजक एवम जिल्ला खेलकुद नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले बताए ।
रेफ्रि सेमीनारमा राष्ट्रियस्तरका रेफ्रिहरु सुरेन्द्र गुरुङ, धन लामा, ग्याम्जो लामा, मनिलाल मगर, राजन पाइजा र भगवान गुरुङ लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
