
पोखरा स्पोर्टस । एथलेटिक्स परिवार नेपालले माघ २२ र २३ गते आयोजना गर्ने गोल्डेन एथलेटिक्स मिटको सम्पुर्ण तयारी पुरा भएको छ ।
नेपाल एथलेटिक्स संघको सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुषमा विभिन्न २७ वटा ट्रयाक र फिल्ड इभेन्टमा ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने पक्काभएको छ ।
प्रतियोगितामा विभिन्न ७ प्रदेश र विभागीय टिमका खेलाडी सहभागी छन् । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् राखेप, प्रदेश खेलकुद विकास परिषद् बागमती र विभिन्न ब्यवसायीक संस्थाले सहयोग गरेका छन् ।
प्रतियोगिताको उद्घाटन भोलि माघ २२ गते बिहान १० बजे दशरथ रंगशालामा हुनेछ ।