गण्डकी प्रदेशको महिला हक्की टिमलाई सांसद बरालले गरे विदाई

पोखरा स्पोर्टस । पाँचौ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सहभागि हुने महिला हक्की टिमलाई शनिबार विदाई गरिएको छ ।

यहि माघ २३ देखि २८ गते सम्म धनुषाको मिथिला नगर पालिकामा आयोजना हुने प्रतियोगितामा सहभागि हुन आज त्यसतर्फ प्रस्थान गरेको हो । उनीहरुलाई गण्डकी प्रदेश सभाका सांसद प्रकाश बरालले पोखरा रंगशालाबाट जितको शुभकामना सहित विदाई गरेका थिए । सो अवसरमा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्का र पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार समेत सहभागि थिए ।

नेपाल हक्की संघ र मिथिला नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा गण्डकीको टिममा २ बैकल्पिक सहित १८ खेलाडी एक प्रशिक्षक र एक टिम व्यवस्थापक रहेका छन् ।

टिममा रहेका खेलाडीहरुमा सोनु बराल, सविना पुन मगर, पुजा पुन, सिर्जना नेपाली, ज्योती काफ्ले, सपना सिंह, अञ्जली कुमारी, सेलेना गुरुङ, रेश्मा मगर, गिता पुन मगर, दिपशिखा पौडेल, प्रशना सुनार, शिल्पा चौधरी, सहारा खतिवडा, स्वस्तिका गुरुङ र रहिसा खातुन रहेका छन् । त्यसै गरी बैकल्पिकमा रितु गुरुङ र रहिसा खातुन रहेका छन् । टिम प्रशिक्षकमा राजन नेपाली र व्यवस्थापकमा सोम बहादुर थापा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close