पोखरा म्याराथनमा दौडदैं ७६ वर्षिय श्रेष्ठ

पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ७६ वर्षिय टंकलाल श्रेष्ठ दौडने भएका छन् ।

नेपाली अग्रज खेलाडी हरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा उनले सहभागिता जनाउने भएका हुन् । चार वर्ष देखि निरन्तर पोखरा म्याराथनमा सहभागिता जनाउँदै आएका श्रेष्ठले युवाहरुको प्रेरणाका लागि आफू पोखरा म्याराथनमा सहभागिता जनाउन लागेको बताए ।

उनले भने–“पोखरा म्याराथन हामी नेपालीहरुको गौरव गर्ने कार्यक्रम हो । हामी अग्रजहरु दौडियो भने मात्र यूवा पुुस्तामा समेत दौडको संस्कृति सुरु हुन्छ”, उनले आह्वान गर्दै भने–“म पोखरेली सबैलाई म संग दौडन आग्रह गर्छु । आउनुस वर्षको एक पटक पोखरा म्याराथनको पर्वमा सहभागि बनौ ।”

पोखरा ७ निवासी श्रेष्ठ पूर्व नेपाल आर्मीका अवकास प्राप्त समेत हुन् । गोर्खा वुर्लुङकोटका उनी लामो समय देखि पोखरा बस्दै आएका छन् । उनले पोखरा म्याराथन अन्तर्गत हुने १० किमि दौडमा सहभागिता हुने भएका छन् । 

पोखरा म्याराथनमा श्रेष्ठको सहभागिताले आयोजकलाई समेत हौसला प्राप्त हुने मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले बताए । “उहाँ निरन्तर रुपमा पोखरा म्याराथनमा सहभागिता जनाउँदै आउनु भएको छ । यो आयोजकका लागि मात्रै नभई सबै खेलाडकिा लागि उदाहरणिय हो । हामी उहाँको खेल यात्रालाई सम्मान गर्छौं ।”

पोखरा म्याराथन आगमी फागुन ६ गते शनिबार आयोजना हुँदैछ । म्याराथनका लागि हाल सम्म ५ सय भन्दा वढिले नाम दर्ता गरिसकेका छन् । पोखरा म्याराथनमा खुला ४२.१९५ किमि, महिला २१ किमि, १० किमि महिला तथा पुरुष, ५ किमि छात्र–छात्रा दौड, ह्विल चियर तथा दृष्टिविहिन महिला–पुरुष दौड आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close