
पोखरा स्पोर्टस । आफ्ना पूर्व महासचिव लामा टेण्डी शेर्पाको निधनमा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले दुःख प्रकट गरेको छ ।
एनओसीले शोक वक्तव्य प्रकाशित गरी गहिरो दुःख प्रकट गरेको हो । तीन वर्षदेखि अस्वस्थ्य रहेका ५० वर्षिय टेण्डी बुधबार बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा उपचारको क्रममा निधन भएको हो । नसा सम्बन्धी रोगले विगत तिन वर्ष थला परेका उनी अमेरिका, भारत र चीनमा गएर उपचार गराएका थिए ।
उनको आज नै बौद्धस्थित शेर्पा गुम्बामा उनको अन्तिम संस्कारको गरिएको छ । अमृत साइन्स क्याम्पसका पूर्व सभापति समेत रहेका उनी राखेपका पूर्व उपाध्यक्ष, नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए । टेण्डीका बुवा, आमा, दुई दाई र बहिनी छन् ।
यसै विच राष्ट्रिय खेलकुद परिषदले समेत एक प्रेश विज्ञप्ती प्रकाशित गरी उनको निधनमा शोक वक्तव्य जारी गरेको छ ।
