पोखरामा सुरु भयो जिल्लास्तरिय कराँते प्रतियोगिता

पोखरा स्पोर्टस । ‘प्रथम स्वर्गिय राम बहादुर तामाङ्ग स्मृती एवं ३२औ कास्की जिल्ला स्तरीय सितोरीयो कराँते प्रतियोगिता’ आजबाट पोखरामा सुरु भएको छ ।

कास्की जिल्ला सितेरियो संघ कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । दुई दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले उद्घाटन गरेका छन् । सो अवसरमा उनले कास्कीको मार्शल आर्ट खेलको विकासका लागि प्रतियोगिता सार्थक हुने बताए ।

कास्की सितेरियो संघका अध्यक्ष सुरेन्द्र कुमार गुरूडको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यलय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख डीबी नेपाली, प्रशिक्षण बिभाग प्रमुख कृष्ण तिमिल्सिना, संघका सल्लाहकार आईतसिंह गुरूड, धन लामा लगायतले आफ्ना भनाई राखेका थिए ।

पोखरा रंगशालमा सुरु भएको प्रतियोगितामा कास्कीका १८ डोजोका ४ सय ८७ खेलाडी सहभागी रहेका छन् । प्रतियोगितामा पुरूषतर्फ ९ र महिलातर्फ ७ गरी जम्म १६ तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close