टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने

पोखरा स्पोर्टस / तस्विर: सुदर्शन रञ्जित । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लव उपाधिका लागि भिड्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरा रंगशालामा भइरहेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा दुबै टिमले फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

शुक्रबार सम्पन्न सेमीफाइनलमा भारतिय खेलाडी सम्मिलित गण्डकीले विभागिय टोली नेपाल आर्मीको चुनौतीलाई पन्छ्याउँदै फाइनलमा पुगेको छ । गण्डकीले पहिलो सेटबाट दवावमा राखेको आर्मीलाई ३–० को सहज जित निकाल्दै फाइनलमा पुगेको हो । पहिलो सेट २५–२३ ले जितेको गण्डकीले दोश्रो सेट समान २५–२३ र तेश्रो सेट २५–१६ ले जितेको हो । उक्त प्रतियोगितामा गण्डकीका विवस आले म्यान अफ दि म्याच हुँदै ५ हजार नगद प्राप्त गर्दा घनश्याम चौधरीले नगद ३ हजार बरावरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यता प्रतियोगितामा नै अविजित रहेको एपिएफले नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । एपिएफले पहिलो सेट २५–१० दोश्रो २५–२१ र तेश्रो २५–१८ ले जित्दै घरेलु टोली गण्डकी संग उपाधिका लागि भिड्ने भएको छ । उक्त खेलमा एपिएफका टेकराज अवस्थी म्यान अफ दि म्याच घोषित भए भने विजय थापा वेष्ट स्पाइकर हुन सफल भए ।

यस्तै महिलातर्फको तेश्रो स्थानका लागि भएको खेलमा प्रतियोगिताकै कमजोर टिम गण्डकी प्रदेश होङवान्जी न्यू डायमण्ड संग ३–० को सोझो सेटमा पराजित हुन पुगेको छ । न्यू डायमण्डले २५–१९, २५–१६ र २५–१६ ले खेल जित्दै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेको छ ।

सिने अभेनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)को विशेष उपस्थितीमा हुने पुरुषतर्फ फाइनल खेल दिउसो २ बजे सुरु हुने टाइगर ग्रुपका सचिव डिवी नेपालीले जानकारी दिएका छन् । त्यस्तै महिलातर्फ ११ बजे हुने फाइनल एपिएफ र नेपाल आर्मीका विच हुने छ भने तेश्रो स्थानको पुरुषतर्फको खेल विहान ९ बजे हुनेछ । पुरुषतर्फ नेपाल आर्मी र नेपाल पुलिस तेश्रो स्थानका लागि भिड्ने छन् ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमले नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close