तमुधीं यूकेको टोलीलाई सहाराको स्वागत

सहारा क्लवलाई नगद ५५ हजार सहयोग

पोखरा स्पोर्टस । सहारा क्लव पोखराले तमुधीं यूकेको टोलीलाई स्वागत गरेको छ । बिहीबार सहारा क्लव पोखराले दोविल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’मा यूकेको टोलीलाई स्वागत गरेको हो ।

कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताए । उनले क्लवका रचनात्मक तथा परोपकारी कार्यहरुमा आफूहरु निरन्तर जोडिदै जाने बताए । उनले क्लवले आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिए ।

तमुधीं यूकेका संस्थापक सदस्य तथा सहारा यूकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लवले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताइन् । पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक तथा खेलाडी समेत रहेकी उनले अनुशाननै खेलाडीको गहना भएको बताइन् ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले तमुधीं यूकेको टोलीलाई पोखरामा स्वागत गर्दै मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्डमा तमुधीं यूकेले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमापनि निरन्तर सहयोगको अपेक्षा गरेका थिए ।

कार्यक्रममा तमुधीं यूकेका तर्फबाट एकेडेमीका लागि ५५ हजार रुपैयाँ संस्थाका अध्यक्ष हरि गुरुङले क्लवका अध्यक्ष हरिराम गुरुङ सुरज, कोषाध्यक्ष विनु रानामगरलाई हस्तान्त्रण गरे भने टोलीसँगै संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङका छोरा बेन्जेमेन गुरुङले एकेडेमीमा रहेका बालकहरुको खाजा तथा खानाका लागि २० हजार रुपैयाँ हस्तान्त्रण गरका थिए ।

वि.स. २०६३ सालमा पोखरा – १७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरीद गरी शुरु गरिएको एकेडेमीको पुर्वाधार क्लबले तयार बनाईसकेको छ । अहिले एकेडेमीमा १५ बालकलाई रहेका छन् ।

कार्यक्रममा तमुधीं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वरिष्ट उपाध्यक्ष जुमकाजी गुरुङ, तमुधीं आमा समुहका अध्यक्ष सन्ध्या गुरुङ, उपाध्यक्ष कमलादेवी गुरुङ, पूर्वअध्यक्ष तथा सहारा क्लवका सल्लाहाकार मुछेत्र गुरुङ, सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ, शिक्षा तथा संस्कृतिविद एकेन्द्र गुरुङ, संस्थाका कार्यसमिति सदस्य तथा गोरखा मिडियाका निर्देशक मिलन गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा सहारा हङकङका अध्यक्ष दीपक गुरुङले स्वागत र सचिव सुनिल रानामगरले सञ्चालन गरेका थिए ।

यसैविच तमुधीं यूकेको टोलीले पोखरा–१७ स्थित नौलो घुम्तीकोपनि अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close