नेपाली स्केटबोर्ड टोली शारजाह जाँदै

पोखरा स्पोर्टस । स्केटबोर्ड विश्व च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार युएइको शारजाह प्रस्थान गर्ने भएको छ ।

जनवरी २९ देखि फेब्रुअरी १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएको हो । पुरुषमा गजेन्द्र बर्देवा र बसन्त राई तथा महिलामा पेम्बा श्रेष्ठ र समिक्षा राई रहेका छन् ।

सहभागि हुने चारै खेलाडी गत जेठमा भएको राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताका स्वर्ण विजेता हुन् । टिम व्यवस्थापकमा अजय सारु तथा प्रशिक्षकमा उज्ज्वल डंगोल रहेका छन् ।

टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार एक कार्यक्रमबीच सफलताका लागि शुभकामना दिदै बिदाइ गरे ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले विश्व च्याम्पियनसिप पेरिस ओलम्पिकका लागि खेलाडी छनोटको आधार भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

१ प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close