एसियन यू २२ बक्सिङ : लालप्रसाद र ईन्द्र क्वाटर फाईनलमा सिमित

पोखरा स्पोर्टस । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ को पुरुष तौल समुहमा १९ बाउट प्रतियोगिताको तेस्रो दिन सम्पन्न भएको छ ।

आज सम्पन्न क्वाटर फाईनल बाउटहरुमा नेपाली मुक्बेबाज द्वय लाल प्रसाद उप्रेती र ईन्द्र बहादुर सुनारले हार बेहोरेका छन् ।

बाउट नम्बर २१ पुरुष तर्फ ४८ केजी तौल समुहका मुक्केबाज लाल प्रसाद उप्रेती फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसंग ५.० अंकको आधारमा हारे भने बाटट नम्बर ३० पुरुष तर्फ ५७ केजी तौल समुहमा नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनार मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासंग आरएसिको आधारमा दोस्रो राउण्मा हार बेहोनु परेको थियो । सुनारले प्रीक्वाटरमा लाओसका मुक्केबाज ५.० अंकको आधारमा हराएका थिए ।

सुनारको अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो पटक सहभागीता हो भने लाल प्रसाद उप्रेतीको सहभागीता पहिलो थियो ।

नेपालबाट सहभागी मुक्केबाजहरु क्रमश: महिला ४८ केजी तौल समुहमा सुस्मा तामाङ, ५७ केजी तौल समुहमा हेमा राई र ७५ केजी तौल समुहमा त्रिशा जवेगु सेमिफाईनलमा प्रबेश भईसकेका छन् । उनीहरुले जनवरी २२ मा क्रमश मंगोलियन मुक्केबाज बेसेन्बेई जानार्गुली, मङ्गोलियन मुक्केबाज बटुर जोल्जार्गल, काजिकिस्तानी एरजन गुल्सायसंग खेल्नेछन् ।

भने पुरुष तर्फ ८६ केजी तौल समुहमा विजयले ईन्डोनेशियन मुक्केबाज मोसकिता माईकलसंग सेमिफाईनलमा जनवरी २३ तारिखमा खेल्नेछन् ।

एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, कजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मंगोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close