
पोखरा स्पोर्टस । ब्रुस ली नाम नै काफी छ । आफू पनि मार्शल आर्ट खेलका कुशल खेलाडी रहेका उनले सिने जगतबाट मार्शल आर्ट खेललाई युवाहरुको मुटुको ढुकढुकी मात्रै बनाएनन् विश्वमा यो खेललाई स्थापित गर्न भूमिका खेले ।
तिनै ब्रुस लीलाई आधार बनाएर पोखरेली सजर्क एलबी थापाले एक पुस्तक बाहिर ल्याएका छन् । हुन त नेपालमा मार्शल आर्ट खेलको इतिहास निकै मर्मस्पर्शी छ । राजतन्त्रात्मक अवस्थामा लुकेर मार्शल आर्ट खेल्नु नेपाली युवाहरुको दिनचर्या जसो थियो ।
लेखक थापा आफैमा निकै परिश्रमी छन् । उनको त्यो लगनशिलता, आत्मविश्वास भने खेल बाटै पाएका हुन् । भनिन्छ जसले खेललाई आत्मवोध गर्छ उसले संसार जित्छ । खेलमा हार वा जित कुनै ठूलो विषय होइन । त्यो पनि मार्शल आर्ट खेल आफूले आफूलाई चिन्ने साधना समेत हो । भारत देहरादुनमा जन्मिएका लेखक थापा कुनै बेला आफू पनि कराँतेका खेलाडी रहेको आफ्नो लेखकिए भनाईमा अघि सारेका छन् ।
व्रुस लीको चलचित्र भिसिआरमा हेरेर प्रभावित हुने नेपाली युवाहरुको अन्य देशमा जस्तै ठूलो जमात नै थियो । पक्राउ परेको खण्डमा राजतन्त्र विरोधीको हुनुको तक्मा पनि भिर्नै पर्ने अवस्था पनि थियो । तर विस्तारै खेलले नेपाली भूमिमा आफ्नो पकड जमाउँदै गयो । मार्शल आर्ट खेलका धेरै संस्थाहरु स्थापित हुँदै गए ।
५० पानाको ब्रुस ली पुस्तकको भाषा भने अग्रेजीमा लेखिएको छ । अग्रेजी भाषामा पोख्त लेखक थापाले आफू नेपाल आए पछि आफ्नो वरपर मार्शल आर्ट खेलले गरेको विकासका बारेमा समेत रङ्गिन तस्विरहरु सहित समेत राम्रै संग समेटेका छन् । ब्रुस लीको आत्मकथा समेटिएको पुस्तकमा एक खेलको मृगतृष्णाले जगाएको तिर्खा देखि होलिवुडको यात्रा देखि उनको जिवनमा घटेका तिता मिठा अनुभवहरुलाई समेत थापाले पुस्तकमा उतारेका छन् ।
नेपाली राजनितीले २०४६ मा परिवर्तनको संघार टेके संगै मार्शलआर्ट खेलका विभिन्न संघहरुमा राजनिती प्रवेश गर्यो । स्वच्छ र निशकलंक हुनुपर्ने मार्शल आर्ट खेल संघहरु विभिन्न नाममा टुक्रिदै र झाँङ्गिदै गए । नेपाली खेलकुदको इतिहासमा दक्षिण एसियामा दवदवा कायम गरेको तेक्वान्दो, जुडो, उशु होस वा कराँते खेलहरु विस्तारै शाख खस्किदै गएको छ । यद्यपी केही मार्शल आर्ट खेलहरुमा खेल संघ भन्दा पनि खेलाडीहरुको आफ्नै परिश्रममा राष्ट्रका लागि पदक जितेको जिवन्त उदाहरण रहेको छ ।
नेपाली मार्शल आर्ट खेलको निराशाजनक अवस्थामा थापाले ब्रुस लीलाई आफ्नो कलमको माध्यम बाट पुनः एक पटक बाहिर ल्याएका छन् । ब्रुस लीका हिट मूभीहरुले तताएको विश्वको मार्शल आर्ट विशेष गरी उनले प्रतिपादन गरेको जित कोन डो मार्शल आर्ट खेलले आधुनिक मार्शल आर्ट खेलको रुपमा अघि बढ्न अन्य खेलहरुलाई समेत आधुनिकतातर्फ अघि बढ्न झक्झकायो ।
लेखक थापा आफैमा निकै परिश्रमी छन् । उनको त्यो लगनशिलता, आत्मविश्वास भने खेल बाटै पाएका हुन् । भनिन्छ जसले खेललाई आत्मवोध गर्छ उसले संसार जित्छ । खेलमा हार वा जित कुनै ठूलो विषय होइन । त्यो पनि मार्शल आर्ट खेल आफूले आफूलाई चिन्ने साधना समेत हो । भारत देहरादुनमा जन्मिएका लेखक थापा कुनै बेला आफू पनि कराँतेका खेलाडी रहेको आफ्नो लेखकिए भनाईमा अघि सारेका छन् । उनले भनेका छन्–“मलाई जहिले पनि उनको बारेमा केही लेखेर सम्मान दिन मन थियो । जुन सपना आज पुरा भएको छ ।” आफ्नो लेखनले उनीप्रतिको सम्मान प्रकट गर्न अझै सहज हुने उनको भनाई छ । सन १९९१ मा नेपाल आएका लेखक थापाका दर्जन भन्दा वढि कृति छन् । तर उनले ति कृति मध्ये ब्रुस लीको लेख्दाको क्षणमा निकै प्रफुल्लित भएको उल्लेख गरेका छन् ।
५० पानाको ब्रुस ली पुस्तकको भाषा भने अग्रेजीमा लेखिएको छ । अग्रेजी भाषामा पोख्त लेखक थापाले आफू नेपाल आए पछि आफ्नो वरपर मार्शल आर्ट खेलले गरेको विकासका बारेमा समेत रङ्गिन तस्विरहरु सहित समेत राम्रै संग समेटेका छन् । ब्रुस लीको आत्मकथा समेटिएको पुस्तकमा एक खेलको मृगतृष्णाले जगाएको तिर्खा देखि होलिवुडको यात्रा देखि उनको जिवनमा घटेका तिता मिठा अनुभवहरुलाई समेत थापाले पुस्तकमा उतारेका छन् ।
आत्मरक्षाका लागि सर्वश्रेष्ठ मानिएको मार्शल आर्ट खेल कोरिया, जापान, चिन हुँदै यति बेला केही मार्शल आर्ट खेलहरुलाई ओलम्पिकमा समेत समेटिएको छ । लेखक थापाले ब्रुसलीलाई कलमको माध्यमबाट जिवन्त गराउन खेलेको प्रयास निकै प्रशंसनिय र अनुकरणिय छ । उनको यो लेखन यात्रा विशेष गरी खेलकुदमा अझै जिवन्त बनोस । शुभेच्छा ।