माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिस : प्रतिस्पर्धा जारी

पोखरा स्पोर्ट्स । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा आइतबार विभिन्न समुहमा प्रतिस्पर्धा भएका छन् ।

आइतबार भएको मेन्स ओपनतर्फ नेहाल जंग बहादुर थापाले जेयुन किमलाई ६–०, ६–० ले, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुष्मान हजुर घलेले सन्दिप विकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१ ले, करणबहादुर थापाले निशान श्रेष्ठलाई ७–५, ६–१ ले तथा प्रदीप खड्काले विकेक मगरलाई ६–१, ६–० ले पराजित गरे ।

३५ वर्ष माथिको मेन्स सिंगलमा विकास खड्काले सम्दुक लामालाई ६–४, ६–० ले, पेमा नोर्गुले सिमान्त गुरुङलाई ६–४, ६–१ ले, जितेन्द्र परियारले मनोक के.श्रेष्ठलाई ६–१, ६–० ले, अनिल शाहीले सन्जय श्रेष्ठलाई ६–१, ६–२ ले, भिष्म गुरुङले दावा शेर्पालाई ६–४, ६–२ ले, सोम रानाले अनिल सेन्चुरीलाई ६–४, ६–२ ले पराजित गरेका छन् ।

४५ वर्ष माथिको एकलमा कमल भण्डारीले अमृत गुरुङलाई वाकओभरमा, देव क्षेत्रीले मानबहादुर कटुवाललाई ६–१, ६–३ ले, रोहित सुनुवारले निरज थापालाई ६–१, ६–१ ले पराजित गरे ।

५५ वर्ष माथि चन्द्र शाहीले महेन्द्र थापालाई ६–२, ६–१ ले पराजित गरेका छन् ।

६५ वर्ष माथिको एकलमा कमल थापाले बिदुर विष्टलाई ४–१, ४–१ को सेटमा तथा पदम गुरुङले ध्रुव गुरुङलाई ५–४, ४–१ ले पराजित गरेका छन् ।  कमल थापा र पदम गुरुङ उपाधि नजिक पुगेका छन् ।

३५ वर्षको मेन्स डबल्सतर्फ कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले सञ्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–१ ले, सिमान्त गुरुङ र अनिल शाहीको जोडीले दावा शेर्पा र गगन महर्जनको जोडीलाई ६–३, ६–२ ले पराजित गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close