कास्की फुटबल संघ द्वारा क्लबहरुलाई बल हस्तान्तरण

पोखरा स्पोर्टस । कास्की जिल्ला फुटबल संघले पोखरामा फुटबल विकासका लागि भन्दै विभिन्न क्लबहरुलाई सोमबार बल हस्तान्तरण गरेको छ ।

पछिल्लो समय खस्किंदै गएको फुटबल खेललाई अघि बढाउन संघले पोखरामा रहेर एकेडेमी सञ्चालन गर्ने चार क्लबहरुलाई बल प्रदान गरेको हो । कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु भदौरे, एपेक्स, सहारा र संगम क्लबलाई ५–५ थान फुटबल हस्तान्तरण गरिएको छ भने संघले आफै सञ्चालन गरेको एन्फा एकेडेमीलाई २५ थान हस्तान्तरण गरेको छ ।

पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले क्लबहरुलाई बल हस्तान्तरण गरे । सो अवसरमा सदस्य सचिव शर्माले प्रदेशको फुटबलको स्तर विगतमा भन्दा खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै फुटबल विकासको लागि सबैको सहकार्य आवश्यक रहेको औंल्याए । उनले उमेर समुहहरुका खेलाडीहरु र नागरिकहरुलाई समेत खेल मैदान सम्म ल्याउने वातावरण बनाउन सबैको दायित्व रहेको बताए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले फुटबल विकासको लागि पहिलो प्राथमिकता रहेको बताउँदै क्लब र एकेडेमीलाई बल हस्तान्तरणपछि फुटबलमा नयाँ आयाम आउने विश्वास लिएको बताए । पोखरा–११ भेट्रान टोली तमुधि युकेको निमन्त्रणमा गएको बेला त्यहाँका सहयोगी मनहरुले बलको लागि आर्थिक सहयोग गरेको बताउँदै एन्फा कास्कीका सदभावना राजदुत युके निवासी कमल गुरुङ, युकेमै बस्ने हुपबहादुर थापा, तमुधिं युके, बगरभाइखलक युके, सहारा क्लब युके लगायतले विशेष सहयोग गरेको प्रति अध्यक्ष रन्जितले आभार व्यक्त गरे ।

सो अवसरमा संघका महासचिव बुद्धिबहादुर खत्री क्षत्रीले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close