
पोखरा स्पोर्टस । आगामी फागुन ६ गते हुने १७ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग आउने क्रम संगै युकेका दुर्गा गुरुङले सहयोग गरेका छन् ।
पोखरा म्याराथनतर्फ आयोजना हुने अपाङ्गताहरुको तर्फको दौडका लागि दुर्गा बहादुर गुरुङले नगद सहयोग गरेका हुन् । चार वर्ष अघि बाट नै पुरस्कार प्रायोजन गर्दै आएका उनले पुरस्कार वापतको रकम ४४ हजार नगद मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीलाई बिहिबार हस्तान्तरण गरेका छन् ।
यूकेस्थित योर्क कर्मथलो भई पोखरा १६ अर्मला निवासी गुरुङ बेलायती सेनाका अवकास प्राप्त हुन् । युकेमा रहेर समाजसेवा तथा व्यवसायमा समेत संल्गन रहेका उनले आफ्नो शहरमा आयोजना भइरहेको नेपालकै जेठो म्याराथनलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
अपाङ्गता भएका खेलाडीहरु मैदानमा आउनु अनि पोखरा म्याराथनमा सहभागिता जनाउनु पनि गर्वको विषय रहेको बताउँदै उनले भने–“मलाई केही न केही सहयोग गर्नुपर्छ भन्ने लागिरहेको थियो त्यसमा पनि फरक क्षमताका खेलाडीहरुका लागि सहयोग गर्न पाउँदा गर्व महशुस गरेको छु ।” पारिवारिक कामले पोखरा आएका उनले अर्को वर्ष आफू पनि पोखरा म्याराथनमा सहभागिता जनाउने बताए ।
मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पोखरा म्याराथनलाई चार वर्ष देखि निरन्तर सहयोग गर्दै आएकोमा गुरुङ प्रति आभार प्रकट गर्दै सहयोगी मनहरुले गर्दानै पोखरा म्याराथनको गरिमा अझै बढेको बताए ।
सो अवसरमा नेपथ्य ब्याण्डका अमृत गुरुङ, मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार महेश गुरुङ. संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, द्वितिय उपाध्यक्ष खेम गुरुङ लगायतको सहभागिता रहेको थियो ।
