क्योकुशिन–कान कराते संघ कास्कीद्वारा अस्ट्रेलियाबाट आएका रत्नको स्वागत

पोखरा स्पोर्टस । नेपाल क्योकुशिन–कान कराते संघ कास्कीले अस्ट्रेलियाबाट आएका सिनयिर खेलाडी तथा खेलकर्मी आशिष पाशिन थकाली (रत्न)लाई पोखरामा एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको छ ।

पोखरा रंगशाला स्थित प्रशिक्षण केन्द्रमा करातेका ब्राञ्च चिफ लक्ष्मण कुवंंर, प्रमुख प्रशिक्षक दिपक बहादुर गोदार, उपाध्यक्ष सरद कार्की, कानुनी सल्लाहकार अधिवक्ता सुरेन्द्र बहादुर श्रेष्ठ, सम्पुर्ण डोजोका डोजो प्रमुख र खेलाडीहरुले खादा माला लगाएर स्वागत तथा सम्मान गरेका हुन ।

स्वागत कार्यक्रम पश्चात बोल्दै थकालीले पोखरा लगायत नेपालको कराते खेलको विकासमा आफ्नो सहयोग निरन्तर रहने बताए भने खेलाडीहरुलाई हौसला प्रदान गर्दै केहि समय प्रशिक्षण समेत गरेका थिए । उनले २२औं संस्करणको माछापुच्छ्रे राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

संघले पौष ३० गते र माघ १ गते पोखरा–१५ टुटुङ्गा, ढुङ्गेसाँघुमा २२ औं संस्करणको माछापुच्छ्रे राष्ट्रिय फुल कन्ट्याक्ट कराते तथा चौंथो क्योकुशिन–कान कराते प्रतियोगिता आयोजना गर्दै छ । फुल कन्ट्याक्ट कराते गण्डकीकोृ टिम नवौं राष्ट्रिय खेलकुदको टिम च्याम्पियन हुने मार्सल आर्ट विधाको एकमात्र टिम हो ।

पोखरामा क्योकुशिन कराते स्थापनाकालका सिनियर राष्ट्रिय खेलाडी रत्न आफ्नो समयका सफल खेलाडी समेत हुन । हाल उनि अस्ट्रेलियामा परिवार सहित बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close