आहा ! रारामा सहभागिता जनाउन अमेरिकी टोली सोझै झापाबाट पोखरा आउँदै

पोखरा स्पोर्टस । आहा ! रारामा सहभागिता जनाउन अमेरिकी टोली भुटनिज यूथ स्पोर्टस क्लब सोझै झापाबाट बिहिबार पोखरा आउँदै छ ।

टोली बिहिबार बिहान झापाबाट पोखरा आउने भएको हो । टोली बिहिबार बिहान ९ः४० बजे झापाको भद्रपुरबाट चार्टड विमानबाट पोखरा आउन लागेको सहाराका प्रचार प्रसार समितिका सदस्य सुदर्शन रञ्जितले जनाएका छन् ।

झापाको जय हुमागाई मेमोरियल कपमा बिजेता बन्दै टोली पोखरा आउने तयारी गरेको छ ।

टोलीले २२ औं आहा रारा सस्करणको पहिलो चरणमा मनाङ मर्स्याङदीको सामाना गर्नेछ । आहा रारा गोल्डकप आजबाट सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close