स्पेन र गण्डकी ११ विचको मैत्रीपूर्ण फुटबल खेल (फोटो फिचर)

पोखरा स्पोर्टस/तस्विरः सुदर्शन रञ्जित
स्पेनको काथेरेन्यो फुटवल क्लव र गण्डकी प्रदेश ११ बिच हुने ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेल बुधबार सम्पन्न भएको छ । पोखरा रंगशालाको पूर्ननिर्माण पछि विदेशी क्लब पहिलो पटक मैत्रीपूर्ण खेलमा सहभागि भएको हो । युरोपियन क्लबले पहिलो पटक गण्डकी ११ विच संग खेलेको मैत्रीपूर्ण खेलले पोखरा फुटबल प्रेमीहरुको शहरको रुपमा स्थापित गरेको छ भने आगामी दिनमा पोखरा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि तयार छ भन्ने सन्देश समेत दिएको छ । यो खेल नेपाली पर्यटनलाई खेलकुद मार्फत उठाउने प्रयास समेत हो । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्योले  गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भयो । काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले एक एक गोलको योगदान दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close