जिल्ला खेलकुद कास्कीको कार्यालय प्रमुखमा नेपाली 

पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय प्रमुखको जिम्मेवारी डि.बि. नेपालीले पाएका छन् ।

जिल्ला खेलकुदको रिक्त कार्यालय प्रमुखको जिम्मेवारी दिने गरी राष्ट्रिय खेलकुद परिषदले उनलाई पठाएको हो । यस अघि कार्यालय प्रमुख रहेका प्रकाश बराल गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिए संगै पदबाट राजिनामा दिएका थिए ।

नेपाली हाल पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीमा लेखापालको जिम्मेवारी निभाउँदै आएका थिए । सो बारे जानकारी दिंदै पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले रिक्त प्रमुख पदको जिम्मेवारी हेर्ने गरी नेपालीलाई परिषदले खटाएको बताए । उनी राखेपमा करिव २६ वर्ष अघि सेवा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close