पोखराको प्याराग्लाइडिङ मान्द्रेढुङ्गाबाट, प्रविधीको प्रयोग नगरे बन्द गरिने

पोखरा स्पोर्टस । पोखराको प्याराग्लाइडिङ अब पोखराको मान्द्रेढुङ्गाबाट हुने भएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले उक्त कुरा जनाएको हो । हाल पोखरामा प्याराग्लाइडिङ हुँदै आएका चार वटा जोन मध्ये मान्द्रेढुङ्गालाई मात्रै उडान भर्ने गरी क्यानले अनुमती दिएको छ ।  यस अघि पोखराको सराङकोट, तोरीपानी र भदौरे तामाङ्गीबाट हुँदै आएको प्याराग्लाइडिङ जनवरी १ अर्थात पौष १७ गतेबाट अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आउने भएपछि मान्द्रेढुङ्गालाई प्याराग्लाइडिङका लागि अनुमती दिएको हो ।

पोखराका अन्य तिन स्थान सराङकोट, तोरीपानी र भदौरे तामाङ्गीका लागि भने क्यानले ‘नोटाम’ जारी गर्ने भएको छ । क्यानका अनुसार प्याराग्लाइडिङहरु अब दैनिक ११ बजेबाट ३ बजे सम्म मात्रै उडान भर्न पाउनेछन् ।

क्यानले प्याराग्लाइडिङको उडानलाई सुरक्षित संगै प्रविधिमैत्री बनाउन समेत जोड दिएको छ । जनवरी १ बाट उडान भर्ने सबै पाइलटहरु नेपाल हवाई खेलकुद संस्था (ना)को प्रत्यक्ष निगरानीमा हुने र नाले नै स्लट् र शेडुयलको समेत निर्धारण गर्ने गरी क्यानले सम्पूर्ण जिम्मेवारी समेत दिएको छ ।

क्यानले हाललाई प्रविधीमैत्री बनाउन एक महिनाको समय परिक्षण अवधिका लागि दिने भएको समेत स्पष्ट समेत पारेको छ । क्यानले एक महिना भित्र तोकिएको विषय कार्यान्वयन नगरे पोखरामा प्याराग्लाइडिङ बन्द हुने समेत सबैलाई सजग समेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close