पोखरा म्याराथनमा सहभागि हुन युकेबाट ३० जना भन्दा बढि आउने

पोखरा स्पोर्टस । १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता जनाउन यूकेबाट ३० जना भन्दा बढि पोखरा आउने भएका छन् ।

उक्त टोली पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेको नेतृत्वमा आउन लागेको हो । आगामी फागुन ६ गते शनिबारका दिन आयोजना हुने पोखरा म्याराथनमा सहभागिताका लागि पोखरा आउने तयारी भएको पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले जानकारी दिएका हुन् । उनले भने–“हामी युकेलगायत विभिन्न मुलुकमा रहेका खेलप्रेमीहरुलाई पोखरा म्याराथनमा सहभागिताका लागि आह्वान गरिरहेका छौं ।”

मञ्चका अध्यक्ष गुरुङले फागुन ६ गतेका दिन पोखरा म्याराथनका लागि च्यारिटी स्वरुप ‘टि–स्टल’ समेत राख्ने तयारी गरिएको समेत जानकारी दिए । उनले उक्त टि–स्टलमा बिक्रि भएको रकम पोखरा म्याराथनका लागि सहयोग गरिने बताए ।

मञ्चको हालै सम्पन्न बैठकले पोखरा म्याराथनको तयारीका लागि मञ्चकी सदस्य समेत रहेकी पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईको संयोजक र मिना गुरुङ सहसंयोजक रहेको समिति गठन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । पोखरा म्याराथन संगै टोली स्याङजास्थित साल्मे डाँडा र होम स्टेका लागि सोनपाल समेत भ्रमण गर्ने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close