आहा ! रारा पोखरा गोल्डकपको म्याच कमिश्नरमा थापा

पोखरा स्पोर्टस । आहा ! रारा पोखरा गोल्डकपको म्याच कमिश्नरमा कृष्ण थापालाई नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले म्याच कमिश्नरमा थापासहित ७ जनालाई म्याच अफिसियलमा नियुक्त गरेको जनाएको हो । सहारा क्लव पोखराको आयोजनामा यहि पौष १४ गते बाट पोखरा रंगशालामा २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

म्याच कमिश्नरमा नियुक्त भएका थापा एन्फाका पूर्व उपाध्यक्ष समेत हुन् । यस अघि पनि थापा कमिश्नरको भूमिकामा रहँदै आएका थिए ।

यसै गरी एन्फाले २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताका लागि बुद्धि बहादुर गुरुङलाई रेफ्रि एशेसरको भूमिका प्रदान गरेको छ भने रेफ्रिहरुमा फिफा रेफ्री नविन्द्र महर्जन, फिफा रेफ्रि प्रज्वल क्षेत्री, फिफा सहायक रेफ्रि नानीराम महर्जन, फिफा सहायक रेफ्रि किशन कन्हैया यादव र राष्ट्रिय सहायक रेफ्रि प्रकाश भुजेल रहेका छन् ।

पौष २३ गते सम्म सञ्चालन हुने आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उदघाटन खेल आयोजक सहारा र धरान एफसी विच हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close