मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकीले पोखरामा स्थापना दिवस मनाउने

पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले १४ औं स्थापना दिवसको अवसरमा पोखरामा विविध खेलकुदसहित सम्मान कार्यक्रम गरी मनाउने भएको छ ।

एकेडेमीको सोमबार पोखरामा सम्पन्न बैठकले यहि पुष १७ गते पोखरामा स्थापना दिवस मनाउने निर्णय गरेको हो । एकेडेमीले पुष १७ गते पोखरा रंगशालामा परम्परागत खेल ठेलो प्रतियोगिता र टग अफ वार प्रतियोगितासहित अग्रजहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको राखेप सदस्य तथा एकेडेमीका केन्द्रिय उपाध्यक्ष राजेश कुमार गुरुङले जनाएका छन् । 

ठेलो तर्फ उपाधि विजेतालाई नगद रु ३० हजार, उपविजेतालाई नगद रु २० र तेश्रो हुनेलाई नगद रु १० हजार प्रदान गरिने एकेडेमीले जनाएको छ । त्यसै गरी र टग अफ वार प्रतियोगिता तर्फ उपाधि विजेतालाई नगद रु ५० हजार, उपविजेतालाई नगद रु ३० र तेश्रो हुनेलाई नगद रु २० हजार प्रदान गरिने एकेडेमीले जनाएको छ । 

एकेडेमीले पुष १७ गते पोखरा रंगशाला पर्खाल निर्माण समितिका पदाधिकारीसहित, अग्रज कवि, साहित्यकार र अग्रज पत्रकारहरुलाई समेत सम्मान गर्ने निर्णय भएको एकेडेमीका केन्द्रिय सदस्य कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् ।

यसै गरी रङ्गहरुको पर्व फागु पूर्णिमाको दिन फागुन २२ गते विद्यालयस्तरिय छात्र/छात्रा भलिबल प्रतियोगिता समेत आयोजना गरिएको एकेडेमीले जनाएको छ । उक्त प्रतियोगितामा हालै पोखरामा सम्पन्न एनप्याब्सन स्पोर्टस मिट, प्याब्सन स्पोर्टस मिट र हिसान कास्की अन्तर्गत सम्पन्न भलिबल सेमीफाइनालिष्ट टिमहरुका विच प्रतिष्पर्धा गर्ने गरी तयारी गरिएको केन्द्रिय सदस्य तिमिल्सिनाले जनाएका छन् ।

भलिबल छात्र/छात्रा प्रतियोगितामा उपाधि विजेता उपविजेता र तृतिय हुने टिमले क्रमश नगद रु ३०, २० र १० हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close