प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल : उपाधिका लागि बागलुङ र स्याङजा भिड्ने

पोखरा स्पोर्टस । प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबलमा उपाधिका लागि बागलुङ र स्याङजा भिड्ने भएका छन् ।

गण्डकी प्रदेश भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा उपाधि भिडन्तका लागि दुई टिमको टुङ्गो लागेको हो । शनिबार सम्पन्न सेमीफाइनलमा बागलुङले कास्की र स्याङजाले नवलपुरलाई जित्दै उपाधि नजिक पुगेका हुन् ।

शनिबार पोखरा रंगशालामा सम्पन्न पहिलो सेमीफाइनल खेलमा ३–१ को सेटमा कास्कीलाई पराजित गर्दै बागलुङले फाइनल यात्रा तय गरेको हो । सम्पन्न खेलमा कास्कीले पहिलो सेट २५–१६ ले जितेर आफ्नो पक्षमा पार्न सफल भए पनि लगातार तिन सेट बागलुङलाई सुम्पिन पुगेको थियो । बागलुङले दोश्रो सेट २५–२०, तेश्रो सेट २६–२४ र चौथो सेट २५–२० ले जित्दै फाइनलको यात्रा तय गर्न सफल भयो ।

यस्तै दोश्रो सेमीफाइनल खेल नवलपुर र स्याङजाको भने रोचक र संघर्षपूर्ण रह्यो । पहिलो सेट २५–२२ ले जितेको नवलपुरले दोश्रो र तेश्रो सेट २५–२० र २५–२० ले स्याङजालाई सुम्पियो । तर नवलपुर चौथो सेटमा कम व्याक गर्दै २५–१७ ले आफ्नो पक्षमा पार्दै नवलपुरलाई दवाबमा राख्ने प्रयास गर्यो । तर अन्तिम तथा पाँचौ सेटमा स्याङजाले १५–७ ले जित्दै फाइनलमा बागलुङ सङ्ग भेट पक्का गर्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत भोली आइतबार ११ बजे तेश्रो स्थानका लागि नवलपुर र कास्कीका विच खेल हुनेछ भने फाइनल खेल दिउसो २ बजे तय भएको संघका महासचिव टहल सिंह थापा मगरले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख, तृतियले ५० हजार तथा चौथो हुनेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्ने छन् । यसै गरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद २० हजारका साथमा ट्रफी र मेडल प्रदान गरिनेछ ।

त्यसै गरी उत्कृष्ट विभिन्न पाँच विद्या उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचलाई जनही नगद १०–१० हजार प्रदान गरिने छ ।

नेपाल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वय सञ्चालन भइरहेको उक्त प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने अध्यक्ष नविन कुमार गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close