चिसो मौसममा तातो बहस : पोखरा र आहा ! रारा पोखरा गोल्ड कप

पोखरा स्पोर्टस । पोखरामा पुष १४ गते बाट २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप सुरु हुँदैछ ।

तर आहा रारा पोखरा गोल्डकप सुरु नहुँदै पोखरामा बहस समेत सुरु भएको छ । यो बहस अरु केही नभएर नामको विषयलाई लिएर सुरु भएको हो । त्यो हो प्रतियोगिताको अगाडीको नाम जोडिएको विषयमा । आहा राराको आयोजक सहाराले २२ औं संस्करणमा आइपुग्दा प्रतियोगिताको नाम ‘पोखरा गोल्डकप’ थप्यो । नेपाली फुटबल हरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)मा समेत स्विकृती पायो । स्विकृती लगतै प्रतियोगिताको मिति घोषणा गरी तयारी समेत थाल्यो । तर नामको विषयमा यति बेला वहश र छलफल भइरहेको छ ।

फुटबल विकासका लागि अघि बढेको सहारा र क्लवहरुको गतिविधी तथा उनीहरुलाई फुटबलमा सक्रिय बनाउन मुख्य भूमिका खेल्नु पर्ने कास्की फुटबल संघ नामका लागि तछाड–मछाड गर्दा फुटबल विकासमा भने नकरात्मक प्रभाव पर्ने निश्चित छ । यसका लागि जिल्लाको फुटबलको नेतृत्वदायी भूमिका खेल्नुपर्ने कास्की फुटबल संघ अझै जिम्मेवार बन्नुपर्ने देखिन्छ । कास्की एन्फा नामका पछाडी नभई कामको पछाडी र कास्कीको गिर्दो फुटबल शाखलाई माथी उठाउन आफूलाई सक्रिय बनाउन अहिलेको प्रमुख आवश्यक्ता समेत हो ।

पोखराको नाम आहा रारा संग जोडिदा कास्की जिल्ला फुटबल संघले आपत्ति जनाएको छ । संघले विगतका केही वर्ष पोखरा मनकामना गोल्ड कप गर्दै आएको थियो । तर चार वर्ष देखि यता उक्त प्रतियोगिता स्थगित छ । कहिले हुने टुङ्गो लाग्न सकेको छैन । फुटबल विकास र प्रवर्द्धनका लागि ध्यान दिनुपर्ने कास्की फुटबल संघ यति बेला भने प्रतियोगिताको शिर्षक के हुने भन्ने विषयमा अल्झिएको छ ।

यता सहाराले आहा रारामा पोखरा गोल्डकप जोडेर अघि बढाउँदा भविष्यमा समस्या आउने बताउँछन संघका अध्यक्ष उज्जवल रञ्जित । उनले भने–“आहा रारा गोल्डकप नाम नसुनेको को छ होला र ? संसारमा नै थाहा छ । तर यसरी एक पक्षिय रुपमा पोखरा जोड्दा भोली अन्य क्लवहरुले पनि माग्न आउलान । पोखरा गोल्डकपको नाममा कति वटा प्रतियोगिता आयोजना हुने ? कति वटालाई दिने प्रायोजकहरुलाई पनि त समस्या पर्ला नी नाम जुध्दा ?” उनी प्रश्न गर्छन ।

तर सहारा क्लव पोखराले भने २२ औं सस्करणको प्रतियोगिता अहिले कै नामबाट अघि बढाउने गरी कास्की फुटबल संघ संग सहमती भएको महासचिव रामजी प्रसाद अधिकारीले बताए । उनले भने–“हामी यति बेला धेरै अघि बढि सक्यौं । आगामी वर्षमा मुख्य प्रायोजक संगको सल्लाह र कास्की एन्फाको सल्लाह बमोजिम हामीले सहमती गरेका छौं ।”

कास्की फुटबल संघ र सहारा बिच प्रतियोगिताको नामाकरणको विषयमा करिव एक साता यतादेखि विवाद हुँदै आएको थियो । फुटबल विकासका लागि अघि बढेको सहारा र क्लवहरुको गतिविधी तथा उनीहरुलाई फुटबलमा सक्रिय बनाउन मुख्य भूमिका खेल्नु पर्ने कास्की फुटबल संघ नामका लागि तछाड–मछाड गर्दा फुटबल विकासमा भने नकरात्मक प्रभाव पर्ने निश्चित छ । यसका लागि जिल्लाको फुटबलको नेतृत्वदायी भूमिका खेल्नुपर्ने कास्की फुटबल संघ अझै जिम्मेवार बन्नुपर्ने देखिन्छ । कास्की एन्फा नामका पछाडी नभई कामको पछाडी र कास्कीको गिर्दो फुटबल शाखलाई माथी उठाउन आफूलाई सक्रिय बनाउन अहिलेको प्रमुख आवश्यक्ता समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close