‘दोश्रो मिस्टर पोखरा’ शारीरिक सुगठन प्रतियोगिता फागुनको अन्तिम साता हुने

पोखरा स्पोर्टस । कास्की जिल्ला बडि बिल्डिङ तथा फिटेनस संघको आयोजनामा ‘दोश्रो मिस्टर पोखरा’ शारीरिक सुगठन प्रतियोगिता फागुनको अन्तिम सातामा आयोजना हुने भएको छ ।

संघले पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो । उक्त प्रतियोगिता आगामी फागुन २६ र २७ गते हुने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशस्तरिय प्रतियोगितामा पुरुषतर्फ शारीरिक सुगठन र खुला फिजिकतर्फ पुरुष र महिलाहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा दुई प्रदेशका गरी पुरुष १ सय ५० र महिला ५० गरी २ सय खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

शारीरिक सुगठन पुरुषतर्फ ५५, ६०, ७०, ७५ र ७५ केजी तौल भन्दा माथीका विभिन्न इभेन्टहरु हुनेछन् भने पुरुष फिजिक खुलातर्फ १७० सेमी र सो भन्दा माथीको स्पर्धाहुने आयोजकले जनाएको छ । त्यसै गरी महिला वेलनेसतर्फ समेत प्रतिस्पर्धा हुने छ ।

पोखरा सभागृहमा आयोजना हुने गरी तय भएको उक्त प्रतियोगितामा ओभरअलतर्फको च्याम्पियनले मिस्टर पोखराको उपाधि सहित नगद १ लाख प्राप्त गर्ने छ । त्यसै गरी शारीरिक सुगठन पुरुषतर्फका विभिन्न तौल समुहको प्रथम, द्वितिय र तृतिय हुने बिजेताले क्रमश जनही नगद रु २०, १५ र ८ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै मेन्स फिजिकतर्फ पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीले जनही नगद क्रमश रु ३०, २० र १५  हजार तथा महिला वेलनेसतर्फ प्रथम, द्वितिय र तृतिय हुने बिजेताले क्रमश जनही नगद रु ३०, २० र १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव २० लाख खर्च हुने संघका सचिव नविन आले मगरले जनाएका छन् । उनले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सबैको सहयोगका लागि समेत आग्रह गरे ।

प्रतियोगिताले गण्डकी प्रदेशको खेलकुद संगै खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने वुल्स म्यान क्लवका अध्यक्ष नुना गुरुङले पोखरा स्पोर्टसलाई बताए । “शारीरिक सुगठन प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकास, यूवा खेलाडीको उत्पादन र उनीहरुको प्रतिभा प्रष्फुटन गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने छ,”उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close