
पोखरा स्पोर्टस । यहि पुष १७ गते अर्थात २०२३ जनवरी १ बाट पोखराको अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चालनमा आउँदैछ ।
नागरिक उड्डयन प्राधिकारण (क्यान)ले सोको तयारी जोडतोड्का साथ सुरु गरेको हो । तर अर्कातर्फ गण्डकी प्रदेशको खेलकुद र पर्यटनको मुख्य आकर्षणको रुपमा रहेको प्याराग्लाइडिङ भने के हुने भने चिन्ता समेत उत्तिकै छ । तर यसका लागि प्राधिकरणले प्याराग्लाइडिङ व्यवसायी र प्याराग्लाइडिङ पाइलटहरुलाई भने उपाय सुझाएको छ–त्यो हो प्रविधी मैत्री बन्न र बनाउन । त्यसका लागि क्यानले पुष १७ गते भित्रै प्याराग्लाइडिङ उडान गर्न आवश्यक उपकरणहरुको तयारीका गर्न निर्देशन समेत दिइसेको छ ।
केही नयाँ माध्यमका साथ क्यानले तत्कालका लागि प्याराग्लाइडिङ जोगाउने सोच बनाएको भए पनि त्यसको गम्भिर पूर्ण पालनाको जिम्मा व्यवसायी र प्याराग्लाइडिङ पाइलटहरु नै हुनुपर्ने प्रवक्ता निरौलाको भनाई थियो । “आफू विस्थापित हुने की तयारीका साथ अघि बढ्ने यो उहाँहरुको जिम्मामा छ त्यसको तयारीमा लाग्नका लागि यो महत्वपूर्ण समय र माध्यम समेत हो । मापदण्ड पुरा गरे पछि मात्रै उडान हुनेछ यसमा कुनै द्विविधा नै छैन ।”
पोखरामा रहेका ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनी र करिव ४ सय प्याराग्लाइडिङ पाइलट तथा सो मा कार्यरत १ हजार भन्दा बढिको जनशक्तीलाई जोगाई राख्न क्यानले उपायको रुपमा अघि सारेको प्रविधी मैत्री बनाउने समय पुष १७ गते सम्मलाई दिएको छ । क्यानले सो कुरा लागु गर्न गराउन प्याराग्लाइडिङ कम्पनीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)लाई जिम्मेवारी दिने गरी पत्रचार समेत गरेको छ ।
क्यानका प्रवक्ता समेत रहेका जगन्नाथ निरौला समेत पोखराको प्याराग्लाइडिङ जोगाई राख्न प्रयास भइरहेको पोखरा स्पोर्टस लाई बताए । उनले भने–“सकभर हामी पोखराको गहनाको रुपमा रहेको प्याराग्लाइडिङ विस्थापित गर्न नर्पने गरी केही कुरालाई गम्भिर रुपमा अघि बढाएका छौं । त्यो हो प्याराग्लाइडिङ उडानका लागि आवश्यक इक्युप्मेन्ट । त्यसको जिम्मा हामीले ना लाई दिएका छौं । उहाँहरु छलफलमा नै व्यस्त हुुनुहुन्छ ।”
केही नयाँ माध्यमका साथ क्यानले तत्कालका लागि प्याराग्लाइडिङ जोगाउने सोच बनाएको भए पनि त्यसको गम्भिर पूर्ण पालनाको जिम्मा व्यवसायी र प्याराग्लाइडिङ पाइलटहरु नै हुनुपर्ने प्रवक्ता निरौलाको भनाई थियो । “आफू विस्थापित हुने की तयारीका साथ अघि बढ्ने यो उहाँहरुको जिम्मामा छ त्यसको तयारीमा लाग्नका लागि यो महत्वपूर्ण समय र माध्यम समेत हो । मापदण्ड पुरा गरे पछि मात्रै उडान हुनेछ यसमा कुनै द्विविधा नै छैन ।”
यस अघि क्यानले तिन सदस्यिय छानविन समितिनै बनाएर प्याराग्लाइडिङ सञ्चालन गर्ने बारे के गर्ने भन्ने विषयमा अध्ययन समेत गरेको थियो । तिन सदस्यिय समितिले २०७९ मंसिर २६ गते प्रतिवेदन अनुसार क्यानले प्याराग्लाइडिङ हालका लागि विस्थापन नर्गने तर यसका लागि आवश्यक उपायहरुको खोजी गर्दै अघि बढ्ने जनाएको थियो । त्यही प्रतिवेदनका आधारमा प्याराग्लाइडिङको क्रममा हुने दुर्घटना न्यूनीकरण र उद्धारका लागि आवश्यक पर्ने प्रविधिहरुलाई समेत अघि बढाउने गरी क्यानले प्याराग्लाइडिङ विस्थापन नर्गने भएको थियो भने त्यसको तदारुकताका साथ पालना गर्न समेत पाइलट र व्यवसायीलाई सुझाएको थियो ।
पोखरामा पर्यटकको आगमन कम हुँदा दैनिक करिव २ सय उडान भइरहेको नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनिल बहादुर भट्टराईले पोखरा स्पोर्टसलाई बताए । ना मा यति बेला ३ सय ७६ पाइलटहरु आवद्ध रहेको र दैनिक २ सय ५० देखि ३ सयले पाइलटले उडान भरिरहेको उनले जानकारी दिए । क्यानले पोखरामा चारवटा उडान केन्द्रहरु मध्ये मान्द्रे ढुङ्गा भन्दा पश्चिममा मात्रै उडान भर्न पाउने भनेको अध्यक्ष भट्टराईले बताए । उनले भने–“हामीले तोरीपानी सम्म उडान गर्न पाउने गरी अनुमती दिन क्यानलाई आग्रह गरिरहेका छौं ।”
“उहाँहरुले प्रविधी मैत्री बनाएर र मापदण्ड पुरा गरेर मात्रै उडान गर्न पाउने भनिरहनु भएको छ” अध्यक्ष भट्टराईले भने–“तर हामीले उहाँहरु संग सामाग्री खरिदका लागि केही समय माग्ने निधो गरेका छौं ।” क्यानले भने जस्तै गरी सबै सामाग्री जुटाउन समस्या भएको कारणले पनि केही समय लाग्ने उनको भनाई थियो । तर उनले उडानका लागि अति आावश्यक प्रविधिहरु भने ना ले जुटाउने गरी अघि बढेको बताए ।
साढे दुई दशक देखिको पोखराको प्याराग्लाइडिङलाई सदाबहार बनाइ राख्न र पर्यटन र खेलकुदको शहरको रुपमा परिचित बनाइराख्न यति बेला ना, प्याराग्लाइडिङ पाइलट र व्यवसायीहरुको काँधमा ठूलो जिम्मेवारी थपिएको छ । यसका लागि क्यानले अघि सारेको मापदण्डको पालना र सुरक्षित उडानका लागि सबैको ध्यान जानु आवश्यक छ ।